२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह

३० जेष्ठ २०८२, बिहीबार १८:०२

काठमाडौँ । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको क्षति रोक्न उपयुुक्त नीति बनाइ कार्यान्वयनतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तरराष्ट्रिय सङ्गठनद्वारा आज राजधानीमा आयोजित यससम्बन्धी कार्यक्रममा राष्ट्रसङ्घीय आवाससम्बन्धी संस्था युएन हेविट्याटकी विज्ञ प्रज्ञा प्रधानले तातो हावाका कारण पीडित हुने जनतालाई केन्द्रित गरेर नीति नियम बन्नुपर्ने बताउनुभयो । केही समय अघिसम्म यसलाई समस्या नै नदेख्ने गरिएको उल्लेख गर्दै उहाँले अब तातो हावाबाट मानव स्वास्थ्यलाई पर्ने प्रभावलाई रोक्ने र परिहाले राहत तथा उपचारका लागि व्यवस्थित प्रणाली अत्यावश्यक भएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा प्रकाश बुढाथोकीले मन्त्रालयले तातो हावाका कारण तत्काल धेरै सङ्ख्यामा व्यक्ति प्रभावित हुने भएकाले आपतकालीन समस्याका रुपमा लिने र त्यसअनुसार तयारी गर्ने नीति लिएको बताउनुभयो । तातो हावाका प्रकोपले मानव स्वास्थ्य र पूर्वाधारलाई क्षति पु¥याउने भएकाले पूर्वचेतावनी दिने प्रणाली स्थापना गर्न खजिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले सरकारले तापजन्य प्रकोप व्यवस्थापनका लागि कार्य योजना बनाउने बताउनुभयो । यसका लागि जनचेतना बढाउने कार्यक्रम, कुल्लिङ सेन्टर र पानी वितरणलगायत कार्य कर्म गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ