२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

३१ जेष्ठ २०८२, शुक्रबार ११:५२

काठमाडौँ । संसदको जारी गतिरोध अन्त्यका लागि आज (शुक्रबार) पनि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ। संसद्को बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बोलाएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

सत्तापक्ष समक्ष प्रस्ताव गरिएको ड्राफ्टमा विपक्षी दलहरूबीच साझा धारणा बनाउनका लागि बैठक बोलाएको उनले बताएका छन्। त्यसपछि सत्तापक्षसँग छलफल हुने पाण्डेले बताएका छन्। ‘पहिले हामी विपक्षी दलहरूबीच छलफल गरेर साझा धारणा बनाउँछौँ । त्यस लगत्तै हामी सत्तापक्षसँग छलफल गर्छौ । आज एउटा मिलन बिन्दुमा पुगिन्छ होला’, पाण्डेले भने । बिहीबार माओवादीले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरेर सत्तापक्षसँग छलफल गरेको थियो तर सहमति हुन सकेको थिएन ।

सत्तापक्ष र प्रतिपक्षका नेताहरूले शुक्रबारसम्म सहमतिको बिन्दुमा पुग्न सकिने विश्वास व्यक्त गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेका छन्। सोही प्रकरणका कारण जेठ १३ गतेदेखि संसद्को अवरोध जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ