२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायाधीशमाथि भएको दुर्व्यवहारप्रति आपत्ति: निजामती कर्मचारी सङ्गठन

२०८२, ३१ जेष्ठ शुक्रबार १२:१७

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठन र नेपाल निजामती कर्मचारी युनियनले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा श्री खुशीप्रसाद थारू र अर्जुन महर्जनमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएका छन् ।

संयुक्त इजलासमा रही न्याय सम्पादन गरिरहेको अवस्थामा न्यायाधीशद्वयमाथि भएको अमानवीय दुर्व्यवहार घोर भर्त्सनायोग्य र आपत्तिजनक रहेको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको सङ्गठनले जनाएको छ ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानुनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो ।

यस घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार रूपमा माग गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

494866139_2172135346559092_3292431070517865780_n

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन