४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

३१ जेष्ठ २०८२, शुक्रबार १३:०१
काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उहाँले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
“अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन् । देशका ६२ भाषा संरक्षणमा रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्रले पनि काम गर्दै आएका छन्, यो राम्रो काम हो,” सभामुख घिमिरेले भन्नुभयो ।
उहाँले अन्तरराष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरु सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, “यस सम्मेलनको उद्देश्य नेपालमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र यसको विकासको प्रवृत्तिबारे जानकारी आदानप्रदान गर्नु हो, अन्तरराष्ट्रियस्तरमा भइरहेका प्रगतिबारे पनि जान्ने अवसर सिर्जना गर्नु हो । यसले नेपालमा मातृभाषा पत्रकारितालाई अझ व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउने दिशामा योगदान पु¥याउनेछ ।”
नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औँ वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको बताउँदै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताउनुभयो ।
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि लामो समयदेखि योगदान हुँदै आएको बताउँदै यसले समुदायमा सूचना र समाचार प्रवाहमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
सम्मेलनका संयोजक एवम् नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले नेपालको हरेक राजनीतिक परिवर्तनमा मातृभाषा पत्रकारिताले उल्लेख्य योगदान पु¥याएको र यसले सामाजिक र सांस्कृतिक जागरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । संविधानले नेपालका सबै भाषालाई राष्ट्रभाषाका रूपमा लिएको र यो आजको व्यवस्थाको उपलब्धि भएको उहाँको भनाइ थियो ।
नेवा पत्रकार राष्ट्रिय दबूका महासचिव के के मानन्धरले १३ वर्ष अगाडि स्थापना भएको नेवार पत्रकारहरूको यस संस्थाले पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रताको पैरवीका साथै समावेशी पत्रकारिता र मातृभाषा पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा सक्रियतापूर्वक लागिपरेको बताउनुभयो ।
यसअघि २०८१ साल जेठ १९ र २० गते प्रथम अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की