२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे

२०८२, ३१ जेष्ठ शुक्रबार १३:०१
काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा आज ललितपुरमा भएको दोस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्घाटन गर्दै उहाँले मातृभाषामा पत्रकारिता गर्ने सन्दर्भमा पनि चुनौती देखापरिरहेका भन्दै यसलाई संरक्षणका लागि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
“अन्तरराष्ट्रिय सम्मेलनबाट तयार हुने महत्वपूर्ण दस्तावेज मातृभाषाको संरक्षण गर्दै राष्ट्रलाई बलियो बनाउने सन्दर्भमा उपयोगी हुनेछ । पछिल्लो समय प्राप्त राजनीतिक उपलब्धि संरक्षणका लागि काम भइरहेका छन् । देशका १२४ जातजातिका साथै लोपोन्मुखको संरक्षणका लागि काम भइरहेका छन् । देशका ६२ भाषा संरक्षणमा रासस, सार्वजनिक प्रसारण संस्था र गोरखापत्रले पनि काम गर्दै आएका छन्, यो राम्रो काम हो,” सभामुख घिमिरेले भन्नुभयो ।
उहाँले अन्तरराष्ट्रिय सम्मेलन विभिन्न जातजातिको अवस्थिति, संस्कृतिको संरक्षण र एकअर्कालाई विचारहरु सम्प्रेषण गर्ने सन्दर्भमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, “यस सम्मेलनको उद्देश्य नेपालमा मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र यसको विकासको प्रवृत्तिबारे जानकारी आदानप्रदान गर्नु हो, अन्तरराष्ट्रियस्तरमा भइरहेका प्रगतिबारे पनि जान्ने अवसर सिर्जना गर्नु हो । यसले नेपालमा मातृभाषा पत्रकारितालाई अझ व्यावसायिक, समावेशी र पहुँचयोग्य बनाउने दिशामा योगदान पु¥याउनेछ ।”
नेपालका प्रथम मातृभाषा पत्रकार धर्मदित्य धर्माचार्य (जगतमान वैद्य) द्वारा मातृभाषामा पत्रकारिता आरम्भ गरिएको १०१औँ वार्षिकीको स्मरण गर्दै भएको यो सम्मेलन विशेष महत्वको भएको बताउँदै सभामुख घिमिरेले धर्माचार्यको कार्यले मातृभाषा पत्रकारिताको जग बसाएको बताउनुभयो ।
सार्वजनिक प्रसारण संस्थाका अध्यक्ष डा महेन्द्र विष्टले मातृभाषा पत्रकारिता प्रवर्द्धनका लागि लामो समयदेखि योगदान हुँदै आएको बताउँदै यसले समुदायमा सूचना र समाचार प्रवाहमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
सम्मेलनका संयोजक एवम् नेवा पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले नेपालको हरेक राजनीतिक परिवर्तनमा मातृभाषा पत्रकारिताले उल्लेख्य योगदान पु¥याएको र यसले सामाजिक र सांस्कृतिक जागरणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । संविधानले नेपालका सबै भाषालाई राष्ट्रभाषाका रूपमा लिएको र यो आजको व्यवस्थाको उपलब्धि भएको उहाँको भनाइ थियो ।
नेवा पत्रकार राष्ट्रिय दबूका महासचिव के के मानन्धरले १३ वर्ष अगाडि स्थापना भएको नेवार पत्रकारहरूको यस संस्थाले पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रताको पैरवीका साथै समावेशी पत्रकारिता र मातृभाषा पत्रकारितालाई अगाडि बढाउने सन्दर्भमा सक्रियतापूर्वक लागिपरेको बताउनुभयो ।
यसअघि २०८१ साल जेठ १९ र २० गते प्रथम अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन