४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि

३१ जेष्ठ २०८२, शुक्रबार १३:३५

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२’ आइतबारदेखि हुने भएको छ ।

काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा वडाअध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो । “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो”, उहाँले भन्नुभयो । वडाले खेल क्षेत्रको विकासका लागि चालु आवमा रु ३५ लाख रकम विनियोजन गरेको वडाअध्यक्ष तिवारीले बताउनुभयो ।

प्रतियोगिताका संयोजक एवम् वडा सदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, उपविजेतालाई रु ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु १० हजारका दरले प्रदान गरिनेछ ।

यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

यस्तै, डब्लुकेएफ कराते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ३० हजार, रु १५ हजार र रु १० हजार प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु २० हजार प्रदान गरिने जनाइएको छ । करातेको आइकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु पाँच हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी