२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक

३१ जेष्ठ २०८२, शुक्रबार १४:५६
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताउनुभयो ।   प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नुपरिरहेको उहाँको भनाइ थियो ।
“सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरु सीमित स्रोत र साधानका भरमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “सरकारले प्रर्याप्त ध्यान दिँदैछ, दिन्छ ।” आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रुपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रुपमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
“अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो । विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
“अभियोजनका क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन् । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण सङ्कलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।”
   फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ थियो । “फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौँ की सकेनौँ ? कुनै पनि अपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको व्यक्तिलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौँ की सकेनौ”, उहाँले भन्नुभयो–“त्यो फौजदारी न्यायको मुख्य उद्देश्य हो । यो क्षेत्रमा अत्यन्त मेहनत र क्रियाशिलताका साथ, अत्यन्त बुद्धि र विकेक प्रयोग गरेर काम गर्न जरुरी छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ