२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँः प्रधानमन्त्री

१५ असार २०८२, आईतवार १८:१२

काठमाडौँ | प्रधानमन्त्रीे केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज श्रव्यदृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताउनुभयो । उहाँले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताउनुभयो ।

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिनुभएको छ । उहाँले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हरकुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताउनुभयो ।

“गत वर्षको निराशाजनक नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको थियो । परिमाण हेर्दा अनुत्तीर्ण हुनेमा प्रायः जसो दुर्गम क्षेत्रका विद्यार्थी रहेका पायौँ । हुन त चुनौती थुप्रै थिए । समय थोरै थियो । गाउँगाउँका विद्यार्थीसँग पुग्नु थियो,” प्रधानमन्त्री ओलीले श्रव्यदृश्य सन्देशमा भन्नुभएको छ, “कसैगरी हरविद्यार्थीसँग उत्कृष्ट शिक्षा सामग्रीसहित हौसला पु¥याउनु थियो तर चुनौती छन् भनेर उम्किने छुट हामीलाई थिएन । त्यसैले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको थिए । र सुधारका लागि सम्पूर्ण विकल्पहरु अपनायौँ ।”

एसइईको परीक्षा सुधार गर्ने अभियान गाउँगाउँका विद्यार्थी भौतिक कक्षाका साथै मोबाइल पढ्न थालेका प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भौतिक कक्षा र मोबाइलबाहेक मार्गदर्शनको आवश्यकता रहेका विद्यार्थीलाई करिब २०० भन्दा शिक्षकशिक्षिकामार्फत नियमित ‘अनलाइन’ कक्षासमेत दिइएको जानकारी दिनुभयो ।

“इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले निःशुल्क डाटाको व्यवस्था ग¥यो । म आफैँले विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेर हौसला दिए । जसले गर्दा छोटो समयमा नै एक लाख ५० हजार विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “तर हाम्रो यी सारा प्रयास हुँदाहँुदै पनि यदि विद्यार्थीको मिहेनत नभएको भए यस वर्षको नतिजामा सुधार हुने थिएन ।”

प्रधानमन्त्री ओलीले परीक्षामा सफलता पाउन नसकेका विद्यार्थीलाई यसैलाई जीवनको अन्तिम परीक्षा नठान्नसमेत आग्रह गर्नुभयो । उहाँले श्रव्यदृश्य सन्देशमा सरकारले एसइई परीक्षा सुधार्न गर्न थालेको अभियान मौका परीक्षा दिने विद्यार्थी र आगामी वर्ष एसइई दिने विद्यार्थी सबैका लागि जारी रहेको भन्दै यसबाट लाभ उठाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु