२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

२०८२, २२ असार आईतवार १६:३९

काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ११, लगानी शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव १४ र व्यापार शून्य दशमलव ८८ प्रतिशतले बढेको छ ।

विकास बैंक एक दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव २५, जलविद्युत् एक दशमलव शून्य पाँच, जीवन बिमा एक दशमलव ३०, लघुवित्त शून्य दशमलव शून्य छ र निर्जीवन बिमा शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । आज नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य आठ दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको रू ४९ करोड ४० लाख आठ हजार ४८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को ५१ लाख ५६ हजार ७५० कित्ता खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी