२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने,प्रति कित्ता १०० रुपैयाँ पर्ने

२०८२, २३ असार सोमबार ११:५०

काठमाडौँ । उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ (सार्वजनिक निष्कासन) गर्ने भएको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा गर्जाङ उपत्यका हाइड्रो पावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।कम्पनीले कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर, प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणलाई बिक्री गर्नेछ।

गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति कम्पनी हो । यो कम्पनी विसं २०७० चैत २४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो । रामेछाप जिल्लामा अवस्थित कम्पनीको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा छ । जुन आयोजनाले विसं २०७४ मंसिर २८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरी सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी