२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंबाट १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ, घटना बोधिचित्तको कारोबारसँग जोडियो

२०८२, २५ असार बुधबार १४:०९

काठमाडौं। काठमाडौं महानगरपालिका–६, बौद्धको नयाँबस्तीबाट १ करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका चिनियाँ नागरिक बोधिचित्तको माला कारोबारी भएको खुलेको छ ।

आइतबार राति १० बजेतिर चिनियाँ नागरिक वाङ जियानको डेरामा प्रहरीले छापा मारेर प्रहरीले स्रोत नखुलेको भन्दै १ करोड ४४ लाख रुपैयाँ बरामद गरेको थियो । रकम बरामद भएपछि अनुसन्धान गर्ने क्रममा उनले आफू बोधिचित्तको माला खरिद गर्न आएको बताएका छन् ।

 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोरा भन्छन्, ‘उनले आफूलाई बोधिचित्तको माला किन्न आएको भनेर चिनाएका छन्, यो माला खरिद गर्ने सिजन पनि हो । तर, त्यो रकमको स्रोत नखुलेकाले नियन्त्रणमा लिइएको हो ।’

प्रहरीले हुण्डी कारोबारबाट त्यो रकम आएको हुनसक्ने अनुमान गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक डेढ महिनाअघि मात्र भिजिट भिसामा काठमाडौं आएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनले विजनेस भिसामा परिणत गर्ने तयारी समेत गरिरहेको सुनाएका थिए ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट विस्तृत अनुसन्धानका लागि म्याद लिएर जाँच गरिरहेको काठमाडौंका एसएसपी विश्व अधिकारी बताउँछन् ।

जानकारहरुका अनुसार, २०७०/७१ सालको आसपासतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको बारेमा व्याख्या गरेपछि यसको मूल्य बढेको हो ।

चीनमा यो महँगो मूल्यमा बिक्री हुने गरेको छ । त्यही कारण तिमालको बोधिचित्त लुटपाट भएको समाचार समेत बेलाबेला आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी