२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नासामा ३४ वर्षपछि महिला नेतृत्व

२२ कार्तिक २०८२, शुक्रबार १३:२५

काठमाडौँ | नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को अध्यक्षमा विद्या गुरुङ निर्वाचित हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको एटलान्टामा सम्पन्न ३४औँ सम्मेलनबाट चार वर्षका लागि अध्यक्ष पक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।

सम्मेलनमा जर्जिया, सियाटल, सिकागो, क्लोराडो, मेरिल्यान्ड, अलबमा, उत्तर तथा दक्षिण क्यारोलिना, फ्लोरिडा र वाशिङटन डिसीमा बसोबास गर्ने नेपालीको सहभागिता थियो ।

संस्था स्थापना भएको तीन दशकपछि नासाले पहिलोपटक महिला अध्यक्ष प्राप्त गरेको हो । नवनिर्वाचित अध्यक्ष गुरुङले यसअघि दुई कार्यकाल बोर्ड निर्देशक र महिला समितिको नेतृत्व सम्हाल्नु भइसकेको छ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएकी समाजसेवी गुरुङले २५ वर्षसम्म नेपाली समुदायको हक, हित र नेपाली कला, संस्कृति क्षेत्रका प्रवद्र्धमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । सन् १९९९ बाट नासामा संलग्न गुरुङले नेपाली समुदायसँग निरन्तर भेट्घाट सुखदुःखमा साथ र सहयोग दिँदै आउनुभएको समाजसेवी राजा घलेले राससलाई जानकारी दिनुभएको हो ।

नेपाली साहित्य, संस्कृति र परम्पराको जगेर्नामा सक्रिय भूमिका निर्वाह गरकै कारण अध्यक्षजस्तो गरिमामय पदमा उहाँ निर्वाचित हुन सफल हुनुभएको बताइएको छ ।

त्यसैगरी नासाको कार्यकारी उपाध्यक्षमा डा दिलीप पन्थी (नर्थ क्यारोलिना) उपाध्यक्षमा प्रणय लामा र महासचिवमा शिक्षा गौतम (जर्जिया), सहसचिवमा बिमला अधिकारी र कोषाध्यक्षमा पुरनराज खतिवडा (नर्थ क्यारोलाइना) निर्वाचित हुनुभएको समाजसेवी घलेले जानकारी दिनुभयो ।

अन्य १५ सदस्यीय कार्यकारी बोर्ड सदस्यमा राजेन्द्र न्यौपाने (साउथ क्यारोलिना), सुवास पोखरेल (मेरिल्याण्ड), डा शङ्कर पराजुली (म्यासाचुसेटस्), होम लम्साल (नर्थ क्यारोलिना), कल्पना भट्टराई (जर्जिया), कुसुम बराल (साउथ क्यारोलिना), गुरुप्रसाद ढुङ्गेल (साउथ क्यारोलिना), रमा पाहारी (फ्लोरिडा), रुबी बराल (जर्जिया), प्रतिभा खडका (भर्जियना), अभिराज राजवंशी (साउथ क्यारोलिना), निशान्त अर्याल, (जर्जिया), जयनारायण साह (लुजिएना), सङ्गीता मल्ल र पार्वती तिमल्सिना (नर्थ क्यारोलाइना) निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन आयुक्त एवं नासाका पूर्वअध्यक्ष बिमल नेपालले जानकारी दिनुभयो ।

नासाको ३४औँ सम्मलेनको उद्घाटन नेपालका लागि अमेरिकी राजदूत लोकदर्शन रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन