काठमाडौँ | काठमाडौँको गैरीगाउँमा मंगलबार दिउँसो लागेको आगलागी करिब एक घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
काठमाडौँ महानगर प्रहरीका अनुसार टहरोमा लागेको आगो काठमाडौँ महानगरको दमकल, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।