२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर

२०८२, २९ पुष मंगलवार १६:५२

काठमाडौँ | निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरणको आज यहाँ समापन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता जनतामा निहीत रहने सिद्धान्तलाई व्यहारमा उतार्ने सबैभन्दा सशक्त माध्ययम नै निर्वाचन भएको उल्लेख गर्नुभयो ।

आयुक्त तुलाधरले निर्वाचनलाई सफल बनाउने दायित्व निर्वाचन अधिकृतहरूको भएकाले प्रशिक्षण कार्यक्रमले निर्वाचनका कानुनी, प्राविधिक, प्रशासनिक पक्षको आवश्यक ज्ञान, सीप, साझा बुझाइ विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचनको प्रत्येक चरण निर्वाचनको तयारीदेखि मतगणना, नतिजा घोषणासम्म र आचारसंहिता आयोगका निर्देशनअनुसार सञ्चालन हुनु अनिवार्य भएकामा जोड दिँदै उहाँले त्यसका लागि व्यावसायिक दक्षता, निष्पक्ष आचरण, उच्च नैतिकता हुनुपर्ने बताउनुभयो । “निर्वाचनको व्यवस्थापन आजको सन्दर्भमा केवल प्रशासनिक काम मात्र नभई विधि, समावेशिता, पारदर्शिता र जनविश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो”, उहाँले भन्नुभयो ।

त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुरक्षाको समन्वय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको उल्लेख गर्दै बाँकेमा निर्वाचनपूर्वको प्राविधिक तयारी भइरहेको जानकारी दिनुभयो ।

अभिमुखीकरणमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने