2026-10-21 04:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने

काठमाडौँ | नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अझै केहि दिन अस्पतालमै रहने भएका छन् । जेनजी आनदोलनका दमन गरेको आरोपमा पक्राउ परेर १३ दिन प्रहरी हिरासतमा रहेका ओली आज मात्रै रिहा भएका हुन् । पक्राउ परेको दिन नै अस्पताल भर्ना भएका उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने भएपछि अझै केहि दिन अस्पतालमै रहने भएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैत मा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो । पिता मोहनप्रसादको देहान्तपछि घरमा क्रियाकर्म गरिरहेका ओलीको स्वास्थ्य कमजोर बनेको थियो । त्यसअघि उनी निरन्तरको चुनावी धपेडीमा थिए । ओलीको गिरफ्तारीपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यस परीक्षणका क्रममा ओलीको मुटुको धड्कनमा समस्या देखिएको थियो । त्यसपछि उनलाई शिक्षण अस्पतालको एनेक्स– १’ को बेड नम्बर ५०१ भर्ना गरिएको थियो ।

ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।

सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । प्रहरीले हिरासतमुक्त गरेपछि ओलीले पनि सामाजिक सञ्जालमार्फत आफु केहि दिन अस्पतालमै रहने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ