काठमाडौँ | प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागूऔषध खैरो हेरोइन र नगर ५७ हजार रुपैयाँसहित निजहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका-२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका-४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए ।