४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइन पुन श्रमस्विक्रिति लिनको लागि FEIMS पासवर्ड रिसेट गर्ने निवेदन नमुना

१२ जेष्ठ २०७८, बुधबार १०:५२

हाल कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट विदामा आएका तथा अनलाइन श्रम-स्वीकृतिको अवधि सकिएकाहरुले अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिन सक्ने व्यवस्था छ ।  तर कयौंले यसअघि श्रम गराउँदा इमेल अन्यथा प्रविष्ट गराएको कारण अनलाइनबाटै श्रम स्वीकृति लिन समस्या भएको गुनाशो गरिरहेका छन् । 

तपाइँले अनलाइनबाट पुन: श्रम स्वीकृति लिनको लागि https://feims.dofe.gov.np/ मा जानुपर्छ । यो वेबसाइट लिंकमा गएपछि *Re-Entry Registration (पुन:श्रम स्वीकृतिको लागि) भन्ने लिंकमा क्लिक गर्नुपर्छ । यस अघि श्रम स्वीकृति लिँदा कुन इमेल प्रयोग भएको रहेछ भन्ने जानकारी लिन तपाइले https://feims.dofe.gov.np/Individual-ReEntry-Registration.aspx खोलेपछि आफ्नो पासपोर्ट नम्बर राखेर सर्च गर्नुहोला । त्यसमा तपाइँको इमेल देखाउंछ । एदी तपाइको इमेल त्यो होइन भने तपाइँ आफैले वैदेशिक रोजगार बिभागको सहयोग बिना पासवर्ड रिसेट गर्न सक्नु हुन्न । पासवर्ड रिसेट आफैले गर्नको लागि तपाइँको आफ्नै इमेल बिभागको सिस्टममा देखाएको हुनुपर्छ । 

अब तपाइँलाई आफ्नो id र पासवर्ड थाहा छैन वा तपाइँको FEIMS सिस्टममा अर्कै Email प्रयोग गरेको कारण सिस्टममा छिर्न सक्नु भएको छैन भने आफ्नो पासवर्ड रिसेट गर्नको लागि वैदेशिक रोजगार बिभागको आईटि शाखामा निवेदन दिनुपर्ने हुन्छ । निवेदनको निश्चित ढाँचा छ, अहिले कोरोनाको कारण इमेलबाट निवेदन दिएर पनि पासवर्ड रिसेट गर्न सकिने व्यवस्था बिभागले गरेको छ । इमेलबाट पासवर्ड रिसेटको निवेदन दिंदा अनिवार्य आफ्नो परिचय खुल्ने सरकारी कागजात पनि पठाउनु पर्छ । 

यो निवेदन नमुना निषेधाज्ञाको समयमा मात्र मान्य हुनेछ । निवेदनमा आफ्नो विवरण भरेर बिभागको [email protected] मा पठाउनुपर्नेछ । बिभागले निवेदन हेरेर पासवर्ड रिसेटको जानकारी दिनेछ । त्यसपछि तपाइँले आफूले चाहेको पासवर्ड र इमेल अध्यावधिक गर्न सक्नुहुनेछ ।

तपाइँको सहजताको लागि हामीले एउटा निवेदनको नमुना अपडेट गरेका छौं, तपाइले निवेदन नमुना तल डाउनलोडमा क्लिक गरेर प्राप्त गर्न सक्नुहुन्छ । यो निवेदन नमुना निषेधाज्ञाको समयमा मात्र मान्य हुन्छ अन्यथा तल थप अर्को निवेदनको नमुना दिईएको छ । 

 Download in Word File 

निषेधाज्ञा सकिएपछि पासवर्ड रिसेट गर्ने फारम

माथिको सुविधा निषेधाज्ञाको अवधिमा अनलाइन श्रम स्वीकृति लिन चाहेकाहरुको लागि मात्र हो । अन्यथा बिभागमै पुगेर वा इमेलबाट निवेदन दिनु पर्छ । जसको लागि तलको निवेदन नमुना डाउनलोड गरेर प्रिन्ट गर्नु पर्छ । निवेदन फारमको सबै विवरण भरेर ल्याप्चे समेत हानि हस्ताक्षर गरि त्यसैलाई स्क्यान गरेर [email protected] मा पठाउनुपर्ने बिभागले जनाएको छ । 

निवेदन फारम: (Download Now)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी