भदौ ३०, काठमाडौं | नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।

क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं | नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।

क"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाज किन्न सञ्चय कोषले २५ अर्ब ऋण दिने

२०७३, ३० भाद्र बिहीबार ००:४८

भदौ ३०, काठमाडौं | नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ ।

कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको छ ।

सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ। दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ। ‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाइएको छ,’ कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘अब निगमले यसको आवश्यक प्रक्रिया सुरु गर्नेछ ।’

निगमलाई यसअघि १ सय ५८ सिटका दुई एयरबस ३२० जहाज किन्न पनि कोषले ऋण दिएको थियो । निगमले ती जहाज खरिदका लागि कोषबाट १० अर्ब ऋण लिएको थियो । सुरुमा १२ प्रतिशत ब्याजदर तोकिएकोमा अहिले १० प्रतिशतमा घटाइएको छ।

सञ्चय कोषसँग ऋण लिन अर्थ मन्त्रालयले निगमलाई सैद्धान्तिक स्वीकृत दिएपछि ऋण सम्झौताको प्रक्रिया अघि बढ्नेछ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जमानीका लागि अर्थमा पहल थाल्नेछ । अर्थबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि निगम र कोषबीच अन्तिम सम्झौता हुनेछ । ‘अब दोस्रो चरणमा ब्याजदरलगायतका विषय टुंगो लाग्छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘अब कम्तीमा ६ महिनामा प्रक्रिया पूरा गरेर हामी टेन्डरमा जान सक्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ