२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह

२०८२, १८ बैशाख बिहीबार १४:०३

काठमाडौँ |  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले प्रवासी नेपालीको चाहनाअनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताउनुभयो ।

“देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौँ, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्ने छौँ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौँ भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गर्नुभयो । उहाँले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पार्टीका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीको भिसा नविकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहजरूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्ने गरि छलफल केन्द्रीत भएर पार्टीलाई सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीको पक्षमा जनमत तयार गर्दै श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुनेगरी पार्टीले सरकार र संसद्मा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन निरन्तर अन्तरक्रिया हुनु आवश्यक रहेको भन्दै संसारमा रहेका नेपालीलाई जोड्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जनमत सिर्जना गर्न र आर्थिक समृद्धि रक्षाका लागि भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री एवम् राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विभिन्न देशमा रहेका प्रवासी नेपालीको फरकफरक समस्या रहेको भन्दै उनीहरुमा नेपालको समृद्धि होस् भन्ने साझा धारणा रहेको बताउनुभयो । उहाँले प्रवासी नेपालीको हितमा नीतिगत व्यवस्थाका लागि प्रभावकारी कानुन निर्माणमा पार्टीले जोड दिने बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवम् विभागका पूर्वप्रमुख अर्जुन जोशीले नेपालमा भन्दा प्रवासमा बढी हुने हो कि भन्ने चिन्ता रहेको भन्दै यसलाई समाधान गर्न पार्टीले उचित निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले पार्टी र सरकारले विदेशमा रहेका नेपालीको भावना बुझ्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

विभागका प्रमुख एव पार्टीका केन्द्रीय सदस्य किरणराज पौडेलले नेपालबाट विदेश गएर काम गर्ने आप्रवासी कामदारले नेपालमा आपतकालीन समयमा गरेको सहयोग अतुलनीय भएको बताउनुभयो । उहाँले ‘सबै जुटौं, कोही पनि नछुटौं’ भन्ने नाराका साथ विदेशस्थित २९ देशमा रहेका ३७ वटा जनसम्पर्क समिति रहेको जानकारी गराउँदै ४० भन्दा बढी देशमा जनसम्पर्क समिति गठन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने