३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कानुनी तथा विधिको शासनका पक्षमा लेखापढी व्यवसायीको भूमिका महत्त्वपूर्णः सभामुख

१८ बैशाख २०८२, बिहीबार १७:००

काठमाडौँ | सभामुख देवराज घिमिरेले पारदर्शी, उत्तरदायी र कानुनी शासनको निर्माणमा लेखापढी व्यवसायीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले बुझिने भाषामा कानुनको व्याख्या गरी कामकाजमा सहजीकरण गर्ने कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

“नागरिक र सरकारी कार्यालयबीच सहजता कायम गर्न लेखापढी व्यवसायीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ”, सभामुख घिमिरेले भन्नुभयो, “जिल्ला प्रशासन, मालपोत तथा नापीजस्ता सरकारी कार्यालयमा विभिन्न प्रकारका कागजपत्र तयार गर्दा नागरिकलाई कानुनी प्रक्रिया, निवेदन लेखन, अभिलेख व्यवस्थापन जस्ता कार्यमा मार्गदर्शनसहित सहजीकरण गरी सेवाग्राहीलाई सहयोग गर्ने काममा लेखापढी व्यवसायी केन्द्रित हुन आवश्यक छ ।”

सभामुख घिमिरले भन्नुभयो, “सेवाग्राहीका निवेदन, लिखत तथा अन्य कागजात मस्यौदा गर्ने, घरसारका लिखत तयार गर्नेलगायत महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै स्वरोजगारको बलियो माध्यम बनेको यो पेसाबाट धेरै व्यक्ति लाभान्वित भएका छन् । आमजनतासँग प्रत्यक्ष जोडिने यो पेसालाई आयआर्जनसहित अझ मर्यादित बनाउने जिम्मेवारी यहाँहरूको हो ।”

मालपोत तथा जग्गा नापजाँचसम्बन्धी ऐनमा व्यापक सुधारको आवश्यकता रहेको उहाँले बताउनुभयो । कृत्रिम बौद्धिकता (एआई)लगायत प्रविधिको विकाससँगै लेखापढी क्षेत्रमा पनि आवश्यक रूपान्तरणको खाँचो रहेको धारणा राख्दै उहाँले सूचना प्रविधिको प्रयोगले पेसागत सहजता हुनेभएकाले त्यसलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सभामुख घिमिरले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाउने कार्यमा आमजनतासँग प्रत्यक्ष जोडिएर कामकाज गर्ने लेखापढी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रसङ्ग उल्लेख गर्दै जनताको विश्वास जित्नेगरी कानुनी राज्य र विधिको शासनका पक्षमा उभिन अनुरोध गर्नुभयो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनअन्तर्गत करिब २२ हजार सदस्य रहेका छन् । सो महाधिवेशनमा एक हजार ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट