२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

‘वातावरण संरक्षण गर्नुपर्छ’ भनेर बोल्न जति सजिलो छ, काम काम गर्न असहज

२३ जेष्ठ २०८२, बिहीबार १२:२५

काठमाडौँ । वातावरण संरक्षणमा बालबालिकाको चेनता अभिवृद्धि र संरक्षण शिक्षामा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

विश्व वातावरण दिवस २०२५ का अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोष – सदर चिडियाखानाद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ‘वातावरण संरक्षण गर्नुपर्छ’ भनेर बोल्न जति सजिलो भएपनि काम काम गर्न असहज हुने बताउनुभयो । “हामीले महानगरमा हरियाली प्रवद्र्धनलाई जोड दिएका छौँ, सोही अनुसार हरियाली बढेको पनि छ, ४०÷४२ उद्यान बनिसकेका छन्, लगनखेलका तीनवटा पोखरीमा पानी भर्ने र कमलको फूल फूलाउने काम गर्छौं, वातावरण संरक्षणमा ध्यान दिएरै काम गरेका छौँ ।” उहाँले भन्नुभयो ।

प्राडा विजया पन्तद्वारा लिखित ‘म अर्किड’ नामक पुस्तकको विमोचन गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्र मिश्रले प्लास्टिक उत्पादन भएको एक सय १० देखि १५ वर्षको अवधिमा मानिसको अभिन्न अङ्ग बनेर मानिस र प्रकृतिलाई प्रदूषणको सिकार बनाइरहेको बताउनुभयो । वनस्पति तथा वातावरण डा तीर्थबहादुर श्रेष्ठले प्लास्टिकको समस्या समाधानका लागि व्यवस्थापन गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भविष्यको वातावरण संरक्षणका लागि प्रकृतिको विविधतालाई जोगाएर राख्नुपर्ने बताउनुभयो ।

वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा वसन्त पन्तले वातावरण राम्रो भयो भने मानिसको दिमाग र सोेच पनि राम्रो हुने जनाउँदै यसका लागि हामीले वातावरणमैत्री कार्यका लागि सोचाइ र धारणा बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जलवायु परिवर्तनको दुस्चक्रबाट बच्न सबैले आ–आफ्नो स्थानमा पानीको स्रोतको संरक्षणमा ध्यान दिन सके दीर्घकालीन रुपमा सकरात्मक प्रभाव पार्दछ भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले देशभरका चार सय पचासभन्दा बढी विद्यालयमा संरक्षण शिक्षाका लागि ’फ्रेन्डस् अफ जु’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ