२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बागमती प्रदेशसभा बैठक बोलाउन सिफारिस

२०८२, २३ बैशाख मंगलवार १४:०९

काठमाडौँ | बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभा बैठक आगामी जेठ ५ गते आह्वान गर्न बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले बागमतीका पाँच सचिवको पदस्थापना र सरुवा समेत गरेको छ । बैठकले बैकुण्ठ अधिकारीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेमराज भुसाललाई उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र झलकराम अधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयमा जिम्मेवारी दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी, भूमि तथा प्रशासन मन्त्रालयमा कार्यरत सचिव विनु बज्राचार्यलाई हाल सामाजिक विकास मन्त्रालयमा सरुवा र प्रदेशसभामा कार्यरत सचिव पूर्णबहादुर दर्जीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी, बैठकले उद्योग मन्त्रालयअन्तर्गत भू–उपभोग परिषद् गठन गरी दुई विशेषज्ञ सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । विशेषज्ञमा पाल्पाका विष्णुप्रसाद रिमाल र चितवनका हरिप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

सोही बैठकले बागमती प्रदेश विश्वविद्यालय संरक्षण समिति (बोर्ड अफ ट्रष्टी) को सदस्यमा नुवाकोटका रामप्रसाद रिजाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी, प्रदेश उच्च शिक्षा परिषद्को सदस्यमा बागमती प्रदेश विश्वविद्यालयका अध्यक्ष चन्द्रमणि पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय तहसँगको समन्वय र मागका आधारमा विपद् स्वयमसेवक समूह गठन गर्न बजेट अख्तियारी दिने निर्णय गरेको छ । सोही प्रयोजनकालागि कुल रु एक करोड बजेट रहेको उक्त कार्यक्रमको कार्यान्वयनका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको सरकारको प्रवक्ता लामिछानेले बताउनुभएको छ । उहाँका अनुसार बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ को वित्तीय समानीकरण अनुदान कार्यक्रमलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने