२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

करेन्ट लागेर एक जनाको मृत्यु

७ बैशाख २०८२, आईतवार १२:४०

काठमाडौँ | रामेछापका करेन्ट लागेर एक जना युवको मृत्यु भएको छ । मृृत्यु हुनेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ५ का २४ बर्षिय मणिराज तामाङ रहेका छन् । शनिवार साँझ ६ः३० बजेको समयमा टिफरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार मृतक तामाङका दाइले चलाएको बा ३ क १५०५ नम्बरको टिफरमा बसी सेलेघाट–साघुँटार निर्माणाधीन सडक खण्डको लागि श्री भारत कन्स्ट्रक्सन सिद्धि साई जे.भि. कम्पनीले खाँडादेवी गाउँपालिका–४ रजगाउँमा सञ्चालन गरेको क्रसरमा बालुवा लोड गर्न गएका थिए । बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको साबेल लिन जाँदा सोही टिफर माथिबाट गएको विद्युत् प्राधिकरणको हाईटेन्सन लाइनमा छोई करेन्ट लागि निज मणिराज तामाङ घाइते भएका थिए ।

घाइते तामाङलाई उपचारका लागि मन्थली अस्पताल लगिए पनि अस्पताल पुग्नासाथ अस्पतालका चिकित्सकले शनिवार बुलुका ७ः३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । प्रहरीले अहिले टिफर चालक मृतक तामाङका दाइ वर्ष २५ का कमल बहादुर तामाङलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मृतक तामाङको शव अहिले मन्थली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो