५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसुवामा धामी–झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै

९ जेष्ठ २०८२, बिहीबार १३:३२

काठमाडौँ | जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।

हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आइ अस्पतालततर्फ मानिसको भीडभाड देखिने गरेको छ ।

रसुवा अस्पतालका सूचना अधिकारी योगेन्द्र गुर्मछान मगरका अनुसार पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसावले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा र सामाजिक सञ्जालका कारण परम्परागत उपचार पद्धतिमा भन्दा अस्पतालको सेवाप्रति विश्वास बढेको देखिन्छ ।

जिल्ला अस्पतालबाट यस वर्ष मात्र २०० भन्दा बढी सेवाग्राहीले फिजियो थेरापी सेवा लिएको, १५ महिलासहित ४३ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको, एक्स्रे, भिडियो एक्स्रे, उच्च रक्तचाप, रेविज, शर्पदंश, दक्ष जनशक्तिसहित गुणस्तरीय प्रयोगशालामार्फत कलेजो, मृगौला, कोल्स्टोर, रगत, दिशा–पिसाव परीक्षण, चिनी रोग, इसिजीलगायत चिकित्सा विज्ञानअन्तर्गतका आधुनिक सेवा जिल्लामा नै उपलब्ध रहेकाले अस्पतालतर्पm विरामीको चाप बढेको सूचना अधिकारी मगरले जानकारी दिनुभयो ।

चालु आवको १० महिनाको अवधिमा ४३९ जनालाई दाँत, ९८७ सामान्य प्रकृतिका, ५९९ ज्येष्ठ नागरिकसमेत विभिन्न तह र तप्काका गरी पाँच हजार ६५५ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको सो अस्पतालका मेडिकल अधिकृत सिजन कार्कीले बताउनुभयो । यसैगरी एक हजार २६४ लाई साधारण एक्स्रे र ७६३ जनालाई भिडोयो एक्स्रे, एक जनालाई हर्निया र २० जनालाई सामान्व शल्यकृया गरेको अस्पतालले स्प्ष्ट गरेको छ ।

विशेषगरी हिमाली जिल्लाको हावापानी र कुपोषणका कारण हुने रुघा, खाकी, निमोनिया, दम, पेटसम्बन्धी रोग, हर्निया एपेन्डिस्, हाडजोर्नी, एकस्रे र स्त्री रोगसँग सम्बन्धित समस्याबाट पीडित विरामी अस्पताल आउने गरेको मेडिकल अधिकृत सिजन कार्कीले जानकारी दिनुभयो ।

बालरोग विशेषज्ञसमेत रहनुभएका जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले सरकारको नीतिनिर्देशनलाई पालना गर्दै जिल्लास्थित स्थानीय निकायसहित राजनीतिक पार्टी, नागरिक समाजका प्रतिनिधिसँग समन्वय गरी जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पताल परिवार क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता