३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मन्त्री प्रदीप यादवद्वारा मेलम्चीमा छड्के अनुगमन, १६ कर्मचारी अनुपस्थित

३१ चैत्र २०८१, आईतवार १७:४३

काठमाडौँ | खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् । पछिल्लो सयम कर्मचारीहरू कार्यालयहरुमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी सहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी हाजिर रहेको भेटिएको तथा मेलम्ची खानेपानी विकास समितिमा १६ जना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने, “मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ ।”

छड्के अनुगमन पश्चात् कर्मचारीको समय पालना र नियमितताको व्यवस्था मिलाउने, बिद्युतिय हाजिर प्रणाली नभएकाले वैशाख २ गतेबाट मेलम्ची विकास समितिमा बिद्युतिय हाजिर प्रणाली अनिवार्य गर्ने तथा कार्यालय समय भित्र कार्यालयको काममा जानु पर्ने भएमा लकबुक राख्न निर्देशन दिइएको सहसचिव पुरीले बताए । मन्त्री यादवले छड्के जाँचका क्रममा हाजिरी अवस्थामा भेटिएका विभाग एवं मेलम्चीका कर्मचारीहरूलाई कामका क्रममा हुने समस्याका विषयमा जानकारी समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’