३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त

३ बैशाख २०८२, बुधबार १६:५०

काठमाडौँ | सिन्धुपाल्चोक जिल्लाको दुर्गम भेग जुगल गाउँपालिका-६ स्थित हाप्रामा भीषण आगलागी हुँदा तीन घर जलेर ध्वस्त भएका छन्। जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोका अनुसार यहाँका स्थानीय प्रेम श्रेष्ठ, मिलन श्रेष्ठ र कुमार श्रेष्ठको घर जलेको हो। एक घरमा आंशिक क्षति पुगे पनि मानवीय क्षति भने भएको छैन। आगो नियन्त्रणमा ल्याउन नसकिँदा पसल, सरसामान, वस्त्र, अन्नपात सबै जलेर नष्ट हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले आगलागीको कारण खुल्न नसकेको र तीन घरमा आगो लागेको जानकारी दिए।

‘सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन। प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर आगो निभाउने प्रयासमा छन्। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन। सावधानी अपनाउँदा मानवीय क्षति हुन पाएन,’ उनले भने। हाल आगलागीमा घरसहित सम्पूर्ण अन्नपात नष्ट भएकाले पीडित परिवारले तुरुन्तै राहत र सहयोगका लागि सम्बन्धित निकायसँग अनुरोध मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’