३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा

५ बैशाख २०८२, शुक्रबार १६:४३

काठमाडौँ | परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका र त्यहाँ रहेको भन्सार कार्यालयको निरीक्षण गरेकी छन्। शुक्रबार त्यहाँ पुगेर निरीक्षण गर्दै मन्त्री देउवाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन समेत दिइन्। वार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रुपमा रहेको तातोपानी नाका व्यवस्थित हुनुपर्ने धारणा समेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। जसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री देउवाले बताइन।

पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा देउवाको जोड थियो । यस्तै उनले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ–कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने पनि बताइन्। तातोपानी पुग्दा मन्त्री देउवाले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’