१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन माग

१७ बैशाख २०८२, बुधबार १५:०६

काठमाडौँ | पोखरामा आज आयोजित कार्यक्रमका सहभागी उद्योग व्यवसायीहरूले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बजेट ल्याउन माग गरेका छन् ।

पोखरा भ्रमणमा रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग भएको अन्तक्र्रियाका वक्ताहरूले अर्थतन्त्रलाई गतिशिल बनाउने किसिमको बजेट अहिलेको आवश्यकता औल्याए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र उत्साहित हुने बताउँदै उहाँले यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखराको पर्यटन उद्योगलाई चलायमान बनाउने खालका कार्यक्रमको अपेक्षा राखिएको उल्लेख गर्दै उहाँले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य, पर्यटनको विकास तथा कृषिको व्यवसायीकरणका निम्ति निरन्तर पैरवी गर्दै आइरहेको बताउनुभयो ।

आफूहरूले निजी क्षेत्रको हितमात्र नभई समग्र पोखराको विकासका निम्ति पनि उत्तिकै क्रियााशिल रहेको जानकारी गराउनुभयो । सिन्धुपाल्चोकका व्यवसायीसँग रहेको हिमालपार व्यापारको अनुभव र त्यसको महत्वबारे उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशको कोरोला नाका सुचारु हुँदा समग्र गण्डकी क्षेत्रका व्यवसायीको निम्ति नयाँ सम्भावनाको ढोका खुल्ने धारणा राख्नुभयो ।

कोरोलामा नेपालतिर खासै भौतिक संरचना नबने पनि चीनसँग आयात र निर्यातको काम गर्ने अवसर आएको उहाँको भनाइ छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले अहिले खासा र रसुवा नाकाबाट निर्यातभन्दा बढी आयात मात्र हुने गरेको जानकारी दिँदै आयातमा आधारित अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका समस्याप्रति बढी ध्यान दिनुपर्ने भन्दै उहाँले महासङ्घमा वास्तविक समस्या बुझेको व्यक्ति नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापतिले देशैभरका उद्योगी÷व्यवसायीहरु अहिले एउटै समस्याले पीडित भएको बताउँदै सुस्ताएको बजार चलायनमान बनाउन सरकारलाई निरन्तर दबाब दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घलाई मोफलसका समस्याप्रति गम्भीर बनाउनका निम्ति जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूको एकताबद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उपमहासचिव सुदीप प्रधानाङ्गलगायतले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्ने गरी बजेट आउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव