२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम

२०८२, ८ जेष्ठ बुधबार ११:२८

काठमाडौँ | ‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् । गत वर्ष वैशाख तेस्रो सातासम्ममा यहाँका चार सय ६७ स्थानमा डढेलो लागेकामा यस वर्ष हाससम्म एक सय ९६ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाका अनुसार यस वर्ष झण्डै २३ सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

गत वर्ष डढेलोबाट आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । डढेलोको उच्च जोखिम हुने समयमा वर्षा भएपछि डढेलो नियन्त्रण गर्न सहज भएको वन अधिकृत थापाले बताउनुभयो । “सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै बढ्ने हुन्छ, यो वर्ष पानी परिरहेकाले त्यो अवस्था आएन, डढेलोबाट हुने क्षति कम भयो, प्रदुषण पनि व्यापक हुन पाएन”, उहाँले भन्नुभयो ।

यो वर्ष सबैभन्दा बढी नवलपुरको ३७ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिनुभयो । सबैभन्दा कम मुस्ताङ र मनाङका एक÷एक स्थानमा डढेलो लागेको हो । गोरखाका ३४, म्याग्दीका २८, कास्कीका २७, लमजुङका २१, स्याङ्जाका १७, तनहुँ र पर्वतका १२÷१२ र बागलुङका छ स्थानमा डढेलो लागेको हो । डढेलोबाट गौशला, घरगोठ, काठ र रूखबिरूवामा क्षति पुगेको वन निर्देशनालयले जनाएको छ ।

डढेलो लाग्दा वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताउनुभयो ।“डढेलोले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा धनजनकोसमेत क्षति हुने गरेको छ”, उहाँले भन्नुभयो । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पुर्याउने उहाँको भनाइ छ ।

फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको छ । गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो लाग्ने गरेको छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको वन अधिकृत थापाले बताउनुभयो ।

मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको उहाँले बताउनुभयो । पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढ्ने गरेको बताइन्छ ।आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ । डेढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेल्ने गरेको विज्ञहरू बताउँछन् ।

डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको छ । डढेलोले भू–क्षय, बाढी जस्ता प्राकृतिक विपतका घटना पनि बढाउने गरेको छ । डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको छ । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको छ । डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने