३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पोखरामा तरबुजाखेतीः एक याममा दुई करोडको बिक्री

१० जेष्ठ २०८२, शुक्रबार १२:०९

काठमाडौँ | पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।

बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुुभयो ।

किसानले समूहगत रूपमा १४ रोपनीमा सामूहिक तरबुजाखेती गरेका छन् भने व्यक्तिगत रूपमा पनि ठाउँठाउँमा तरबुजाखेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजाखेतीले किसानलाई उत्साहित बनाएको तथा खेतीको सम्भावना बढाएको बताउँदै उहाँले आगामी वर्ष यहाँका धेरै किसानले तरबुजाखेती गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महानगरपालिकाकी कृषि प्राविधिक उमा पुनका अनुसार तरबुजाखेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक आइतबार यहाँका किसानसँग कृषि प्राविधिकसहित स्थलगत अध्ययन–अनुसन्धान भइरहेको छ ।
आइपिएम कृषक पाठशालामा फलेका तरबुजामध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र बाँकी पनि बजार लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिनुुभयो ।

महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजाखेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।महानगरपालिका वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उहाँले यस वर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर)को तरबुजा उत्पादन भएको जानकारी दिनुुभयो । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि ‘स्टिकर’ तयार गरेको उहाँले जानकारी दिनुुभयो । पोखरामा तरबुजाखेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै उहाँले यसले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जातको तरबुजा पनि परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा र आसपासका क्षेत्रमा सरस्वती जातको तरबुजा उपयुक्त भएको जानकारी दिनुुभयो । अन्य जातकोभन्दा यो स्वादिष्ट भएको उहाँको कथन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’