2026-08-06 02:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकीमा अस्पताल सुदृढीकरण कोष स्थापना गरिने

काठमाडौँ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल सुदृढीकरण कोष निर्माण गर्ने भएको छ । उक्त कोषमा प्रदेश सरकार मातहतका अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नेछन् । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधिले उक्त व्यवस्था गरेको हो ।

कार्यविधि आएपछि अस्पताल व्यवस्थापन समितिले अस्पतालको आम्दानीलाई आफूखुसी खर्च गर्न नपाउने स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताउनुभयो । अस्पतालको वार्षिक कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गरेपछि मात्र कार्यविधिमा टेकेर समितिले खर्च गर्न पाउने उहाँको भनाइ छ ।

मन्त्रालय मातहत रहने अस्पताल सुदृढीकरण कोषको रकम प्रदेश अस्पताल र स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गरिने भएको हो । अस्पतालको आर्थिक अवस्था सुधारका साथै सुशासन कायम गर्न उक्त आर्थिक कार्यविधिलाई कडाइका साथ लागू गरिने मन्त्री पाठकले बताउनुभयो ।

मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले मन्त्रिपरिषद्बाट स्वीकृत भएर आएपछि कार्यविधिमा थप छलफल हुने बताउनुभयो । “केही सुधार र संशोधन पनि गर्नुपर्ने हुनसक्छ”, उहाँले भन्नुभयो । मन्त्रालयका अनुसार अहिले गण्डकी प्रदेश मातहतका अस्पतालको वार्षिक आम्दानी झण्डै रु ६७ करोड रहेको छ ।

प्रदेशका १३ वटा अस्पताल स्तरोन्नति भएसँगै अस्पतालको आम्दानी थप बढ्ने जनाइएको छ । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले नौ अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको थियो । उक्त बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत गरिसकेको छ । त्यसअघि प्रदेश सरकारले दुई आयुर्वेद अस्पतालसहित चार अस्पताल स्तरोन्नति गरेको थियो । स्तरोन्नति गरिएका १३ वटै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)समेत स्वीकृत भइसकेको छ ।

“गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि छाटो अवधिमै कानुनी र संरचनागत व्यवस्था गरिएको छ”, मन्त्री पाठकले भन्नुभयो, “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि यसबाट महत्वपूर्ण योगदान पुग्नेछ ।” स्तरोन्नतिपछि ती अस्पतालहरुको विकासलाई आगामी आवको बजेटमा प्राथमिकता दिइने मन्त्री पाठकको भनाइ छ । उहाँका अनुसार यसअघि स्वीकृत शय्या सङ्ख्या जम्मा २२० रहेकामा अब स्वीकृत शय्या ६५० पुगेको छ । दरबन्दी ३२५ कायम रहेकामा स्वीकृत दरबन्दी सङ्ख्या ८२७ पुगेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह