२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास

२५ जेष्ठ २०८२, शनिबार १५:३१
काठमाडौँ | लमजुुङको क्होलासोँथर गाउँपालिका वडा नं ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ ।
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशको सक्रियतामा अध्ययन एवं अन्वेषण गरी घोषणा गरिएको गुुरुङ सम्पदा पदमार्गमा सिङ्दी समावेश गरिएको छ । कास्की, लमजुुङ र मनाङका विभिन्न भागहरू समेटिएको यस पदमार्गले पहाडी तथा हिमाली भेगका कोरी, क्होलासोँथर, ठूलो लेक, थुुर्जु, दुधपोखरी, गुुरुङ देउरालीदेखि मनाङको तिमाङसम्मका भूभागलाई समेटेको जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं गुुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले जानकारी दिनुुभयो ।
पदमार्गअन्तर्गत लमजुुङका प्राचीन गाउँहरूलाई समेट्दै यिनीहरूको प्रवर्द्धन गर्न खोजिएकोे उहाँले जानकारी दिनुुभयो । सङ्घले चरणबद्ध रुपमा खोज अन्वेषण र प्रवर्द्धन गर्दै सन् २०२६ देखि यो पदमार्ग पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष किसम कुमारी गुुरुङले जानकारी दिनुुभयो ।
सङ्घले तेस्रो चरणको कायक्रमअन्तर्गत शुक्रबारदेखि नेपाल पर्यटन बोर्ड, क्व्होलासोथार गाउँपालिका, मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा पोखराबाट लमजुङको सिङ्दी हुँदै दुधपोखरी, लमजुङ एवं मनाङको सिमाना गुरुङ देउराली, हर्सिङडाँडा लगायतका स्थानलाई पदमार्गका रुपमा समेट्ने गरी खोज तथा अन्वेषण सुुरु गरेको उहाँले बताउनुुभयो ।
उहाँका अनुुसार गुरुङ सम्पदा पदमार्गका रुपमा परम्परागत भेडीगोठसँगै प्राचीन नुन बोक्ने मार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ आयोजित यस चरणको कार्यक्रममा पोखराबाट लम्जुङको सिड्दी हुँदै पसगाउँ–भुजुङ– घनपोखरा–राप्रुजु–क्युपारा–थुर्जु–दुधपोखरी÷गुरुङ देउराली–को ब्रोखर्का–सिउरुङ– हर्सिङडाँडा हुँदै पुनः पोखरासम्मको खोज अनुसन्धानात्मक पदयात्रा गरिने छ ।
पदमार्ग प्रवर्द्धन टोलीलाई सिङ्दीमा स्वागत गर्दै सिङ्दी सामुदायिक होमस्टेका अध्यक्ष हुकुमबहादुर गुुरुङले आँफूहरूले होमस्टेलाई पदयात्रा पर्यटनसँग जोड्ने बताउनुुभयो । यहाँका कूल दुई सय ३५ घरमध्ये २० वटा घरमा घरवास सञ्चालन भएको जानकारी दिँदै उहाँले २०७६ सालदेखि सुरु गरिए पनि औपचारिक दर्ता भने २०८१ मा मात्र भएको जानकारी दिनुुभयो ।
सिङ्दीमा दैनिक तीन सय जनासम्म पर्यटकलाई घरवासमा राख्न सकिने बताउँदै उहाँले स्थानीय उत्पादनको स्वादसँगै यहाँको प्रकृति र संस्कृतिको भरपुर उपयोग गर्न पाउने बताउनुुभयो । अन्य गाउँमा जस्तो बसाइसराइको अवस्था सिङ्दीमा नरहेको बताउँदै उहाँले पदयात्रा पर्यटनलाई घरवाससँग जोड्दै धेरैभन्दा धेरै पर्यटकलाई गाउँमा भित्र्याउने योजना रहेको बताउनुुभयो ।
सिङ्दीमा खानेपानी लगायतका सुविधा सहज रुपमा उपलब्ध भइरहेको क्होलासोँथर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गीतबहादुर गुरुङले बताउनुुभयो । घरवासमा आएका पर्यटकलाई उहाँहरूको इच्छाअनुुसार कागुनोको भात, कोदो तथा मकैका परिकार आदि उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ ।
प्राचीन कालदेखि मिलेर बसेको सुन्दर बस्तीलाई पदयात्रा पर्यटनसँग जोड्दै यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुुभयो ।
गाउँस्थित गुम्बा, देवीस्थान मन्दिर आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् । सोरठी, घाँटुु, कृष्णचरित्र जस्ता संस्कृतिहरू विद्यमान रहेको उहाँले जानकारी दिनुुभयो । सिङ्दीबाट पर्यटकीयस्थल कर्पुुडाँडालाई पदमार्गमार्फत जोड्ने गरी यहाँको करिब एक हजार तीन सय मिटर सिँढी निर्माण गरिएको र बाँकी बोटोलाई जोड्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
पर्यटकीय नगरी पोखराबाट दैनिक सार्वजनिक यातायात सञ्चालन भैरहेको सिङदीमा आउन करिब चार घण्टा लाग्दछ । सिङ्दीबाट पोखरा जोडिने सडकलाई व्यवस्थित गर्न भने जरुरी रहेको उहाँमो भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक