२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

गण्डकीमा भारी वर्षा, सतर्कता अपनाउन प्रदेश सरकारको आग्रह

५ श्रावण २०८२, आईतवार ११:४३

 काठमाडौँ | गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

गण्डकी प्रदेश सरकारले पनि प्रदेशका सबै जिल्लामा उच्च सतर्कता अपनाउन सर्वसाधारण र सराकोर भएका सबै पक्षलाई अनुरोध गरेको छ । आइतबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक रूपमा सूचित गर्दै सावधानी र उच्च सतर्कता अपनाएर मात्र यात्रा गर्न भनेको छ ।

“गण्डकी प्रदेशका विभिन्न ठाउँमा गए रातिदेखि भएको वर्षाका कारण जनधनको क्षति भएका जानकारी आइरहेका छन् । वर्षाका कारण नदी, खहरे खोलाखोल्सी र तालहरुमा पानीको सतह निरन्तर बढिरहेको छ । यसले थप जोखिम निम्त्याएको छ । बाढी पहिरो, डुबीनको खतरा बढेको छ । यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ”, सूचनामा उल्लेख छ ।

प्रदेश सरकारले कहीँकतै विपत्तीमा परेका भए तुरून्त स्थानीय जनप्रतिनिधि, प्रहरी स्थानीय तह , प्रदेश सरकार र सङ्घीय सरकार मातहतका निकायमा खबर गर्न आग्रह गरेको छ । विपद्को सामना गर्न र प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा गण्डकी प्रदेश सरकार सँधै नागरिकको साथमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा