१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

वैकल्पिक सडक स्तरोन्नति गरिँदै

१७ बैशाख २०८२, बुधबार १४:४७

काठमाडौँ | राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी सडक स्तरोन्नति गर्न थालिको छ ।

विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो । ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका–५ निसीसम्म २५ किलोमिटर रहेको उक्त सडकको दुई खण्डमा स्तरोन्नति गर्न थालिएको छ ।

पहिलो खण्ड झिम्पाखोलादेखि ढाँडसम्मको पाँच किलोमिटर एम÷एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र दोस्रो खण्ड पाखुट्टदेखि माँडेसम्मको दुई किलोमिटर बागलुङ कालीगण्डकी निर्माण सेवाले जिम्मा लिएर काम गरिरहेका छन् । पहिलो खण्ड निसीखोला गाउँपालिकाले चालु् आर्थिक वर्षमा सविनियोजन गरेको रु ९८ लाख ४७ हजार र दोस्रो खण्ड सङ्घीय सरकारले विनियोजन गरेको रु ५९ लाख ७३ हजार १७६ मा स्तरोन्नति हुन थालेको हो ।

पहिलो खण्ड गत चैत २२ गते सम्झौता गरी काम सुरु भएको थियो भने दोस्रो खण्ड २०८१ पुस २ गते सडक डिभिजन कार्यालय बागलुङमार्फत सम्झौता भएको थियो । यस खण्डमा सडक चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सागर भण्डारीले जानकारी दिनुभयो । जेठ मसान्तसम्म सक्ने उक्त खण्डको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको उहाँको भनाइ छ ।

पहिलो खण्डमा हालसम्म ३० प्रतिशत काम भएको एम÷एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक इन्जिनियर रमेश अर्यालले जानकारी दिनुभयो । यस खण्डको विभिन्न ठाउँमा ह्युम पाइप हाल्ने, नाली निर्माण गर्ने र सडक फराकिलो बनाउने कार्य भइरहेको उहाँको भनाइ छ । आगामी असार १० गतेसम्म सक्ने गरी काम भइरहेको अर्यालले बताउनुभयो ।

पाखुट्टे–झिम्पा–निसी सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु चार करोड बढी रकम खर्च गरिसकेको छ । यस सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि विभिन्न अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । उक्त सडक नौ वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु दुई–दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाख संकलन गरि कूल रु ६१ लाखमा ट्रयाक खोलिएको थियो ।

निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले अघिल्लो आर्थिक वर्षहरुमा वैकल्पिक सडक स्तरोन्नति गर्नका लागि करोडौँ रकम खर्च गरिसकेको बताउनुभयो । सडक स्तरोन्नति नहुँदा स्थानीय लामो समयदेखि हिलो र धुलोबाट आजित हुने परेको भन्दै अब उक्त समस्याबाट मुक्त हुने उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो, “यो सडक खुलेको एक दशक हुन थाल्यो, स्रोत अभावका कारण एकैपटक सबै सडक स्तरोन्नति गर्न सकिँदैन, त्यसले गर्दा हरेक वर्ष थोरै थोरै बजेट विनियोजन गरेर काम हुँदै आएको छ, सबै खण्ड एकैपटक स्तरोन्नति गर्न नसकिँदा सडक छेउका नागरिकले हिलो र धुलोबाट समस्या भोग्नुपरेको छ, विस्तारै यो समस्या समाधान हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव