२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढ्यो

२०८२, १ बैशाख सोमबार १५:१८

देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्ष विसं २०८२ को स्वागत गरिएको छ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट आज स्वदेशी तथा विदेशी पर्यटकहरुले नयाँ वर्षको स्वागत गरेका हुन् । नयाँ वर्षको आगमनसँगै पोखराका प्रमुख पर्यटकीयस्थलमा पर्यटक भरिभराउ छन् । फेवाताल, बेगनाससहित विभिन्न मन्दिर र गुफाहरुमा पर्यटकको घुइँचो रहेको छ ।

नयाँ वर्षको स्वागतका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । होटल सङ्घ पोखराको आयोजनामा भइरहेको फेवा नव वर्ष महोत्सवका कारणले समेत यहाँका पर्यटकीयस्थलमा पर्यटक आगमन बढाएको छ । आतशबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको उहाँले बताउनुभयो ।

नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किमी सडकमा नव वर्ष महोत्सव आयोजना गरिएको र महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष सुवेदीले लेकसाइडका होटलमा यतिबेला अकुपेन्सी ८० प्रतिशत पुगेको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “देशको पर्यटकीय राजधानी सहर पोखरामा भव्यरुपमा नेपाली नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षको खुसी साट्नुभएको छ । नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा हो भन्ने कुरा स्थापित भएको छ ।”

नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले नयाँ वर्षमा पर्यटन व्यवसायमा चहलपहल बढेको अध्यक्ष सुवेदीले बताउनुभयो । नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए ।

लेकसाइडका सबै जसो प्रमुख चोकहरुमा पञ्चेबाजा, भजन, रत्यौली, कन्सर्ट तथा गीत सङ्गीत प्रस्तुत गरिएको थियो । नयाँ वर्ष मनाउनका लागि पोखरामा केही दिनदेखिनै पर्यटकको बाक्लो चहलपहल बढेको होटल सङ्घले जनाएको छ । यही चैत ३० गतेदेखी सुरु नव वर्ष महोत्सव आज सकिदै छ । नेपाली नयाँ वर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव गरिएको हो ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्गय प्रहसन र पर्यटक दौडलगायत रहेका थिए । नयाँ वषसँगै पोखरामा अन्य पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटक आगमन बढेको छ । पोखराका विन्ध्यवासिनी, तालबाराही, भद्रकालीलगायतका धार्मिकस्थलमा बिहानदेखिनै भक्तजनको घुइँचो लागेको छ । विन्ध्यवासिनी मन्दिरमा पूजाआजाका लागि बिहान ४ बजेदेखिनै भक्तजनको बाक्लो लाइन लागेको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने