२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा साढे ३३ हजार धारा जडान

२०८२, ११ बैशाख बिहीबार ११:२६

काठमाडौँ | गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् ।

कार्यालको तथ्याङ्कअनुसार आव २०८०/८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालु आवमा थप पाँच सयभन्दा बढी धारा जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्य ९१ दशमलव पाँच प्रतिशत हो । कार्यालयका सब–इन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताउनुभयो । “हामी कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालु आवमा दुवै जिल्लाका लागि नौ सय १५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब ३०० धारा लमजुङमा जडान भएका छन्भने बाँकी गोरखामा जडान भएका छन्”, उहाँले भन्नुभयो ।

एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालु आवमा रु ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिनुभयो । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । “हालसम्म जिल्लाको ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्याङ्क अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो”, उहाँले भन्नुभयो । लमजुङमा आधारभूत खानेपानी पहुँच ८५ दशमलव ८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।

कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मतसम्भारको काम गरिरहेको छ तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ । “पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो । हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ । सोहीअनुसार काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लामा आर्थिक वर्ष २०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा