2026-09-08 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै

काठमाडौँ | कस्केली अधिकृत समाजले कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ ।

समाजले वार्षिक कार्यक्रमअन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम सञ्चालन गरिहेको जनाएको हो ।

यस वर्ष कास्की र लमजुङ जिल्लाका केही पर्यटकीय गन्तव्यलाई समेटेर थप पर्यटन प्रवर्द्धनका गतिविधि गरिने समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताउनुभयो ।

यस वर्ष लमजुङको गाउँसहरस्थित लमजुुङ दरबार, मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेव मन्दिर करापुटार, मर्स्याङ्दी गाउँपालिकास्थित डा हर्क गुरुङ समाधिस्थल पार्क, अपर मर्स्याङ्दी पावरहाउस बाँध ङादी, कास्कीको रुपातालस्थित जलसिद्ध महादेवलगायत धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्य समेटिएको उहाँले जानकारी दिनुभयो ।

प्रवर्द्धनात्मक भ्रमणका माध्यमबाट विभिन्न गन्तव्यको पर्यटन बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ बर्सेनि कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उहाँले आर्थिक समृद्धिका लागि पर्यटकीय गन्तव्यको प्रवर्द्धन आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन यस्ता गतिविधिलाई प्राथमिकता दिइएको बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले लमजुङका अधिकांश पर्यटकीय गन्तव्य पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेका बताउनुभयो । हर्क गुरुङ समाधिस्थल पार्कका अध्यक्ष तीलबहादुर गुरुङले उहाँको योगदानलाई जीवन्त राख्न समाधिस्थल पार्क बनाइएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन आवश्यक पर्नेमा जोड दिनुभयो ।

समाजका सचिव महेश पौडेलले यस कार्यक्रमले लमजुङ दरबारको ऐतिहासिकता, इशानेश्वर महादेवको धार्मिक एवं सांस्कृतिक महत्त्वका साथै यस क्षेत्रका विविध पर्यटकीय सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित