४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर

१६ बैशाख २०८२, मंगलवार ११:४४

काठमाडौँ | वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको थिए । वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर ग¥यो । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।”

जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताउनुभयो । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले सुनाउनुभयो । “हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गरेका थियौँ, जहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन ।” यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो । अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन् । अगौटे जातलाई वर्षाले असर नपुर्याए पनि ढिलो फूल फुल्ने मध्यम जातका फलफूलखेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर पुर्याउने केन्द्र प्रमुख आत्रेयले उल्लेख गर्नुभयो ।

यहाँ फरकफरक स्थानमा लगाएको स्याउ बगैँचामा तापक्रम घटीबढी हुँदा कुनै स्थानमा ढिलो फूल फुल्ने र कुनै स्थानमा फूल फुलेर फल लागिसकेको केन्द्र प्रमुख आत्रेयको भनाइ छ । फूल लागेको स्याउ बोटमा वर्षाले असर नपुग्ने केन्द्रले जनाएको छ ।

यस वर्ष यहाँका स्याउ बगैँचामा फूल एकदमै कम फुलेकाले उत्पादन घट्ने लक्षण देखिएको थासाङ–१ टुकुचेका किसान सरोज तुलाचनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय जातका स्याउ बोटमा असर पर्ने देखिए पनि उच्च घनत्वमा प्रविधिमा आधारित स्याउखेतीमा भने कुनै असर पर्दैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल