१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्याग्दीमा पशुपालन गर्ने घट्दै

१७ बैशाख २०८२, बुधबार १३:४९

काठमाडौँ | वैदेशिक रोजगारी, युवा पुस्तामा पुशपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ ।

युवाहरू अवसरको खोजीमा जिल्ला तथा मुलुक बाहिर जाने, गाउँघरमा ज्येष्ठ नागरिक मात्र हुने, वनजङ्गलमा आहारको कमीलगायत कारणले पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको हो ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा पछिल्ला केही वर्षयता गाई र भेँडा, बाख्रासँगै पशुपालक किसानको सङ्ख्या पनि घट्दै गएको छ ।

युवाहरू शिक्षा, रोजगारीको खोजीमा विदेशिने, गाउँघरमा भएका जेष्ठ नागरिक वनजङ्गलमा पुगेर पशुको आहरा व्यवस्थापन गर्न नसक्ने, वनमा आहार अभाव हुनेलगायत कारणले पशुपालक किसानको सङ्ख्या घट्दै गएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले बताउनुभयो । गाउँघरमा घुम्तीगोठ सञ्चालन गर्न नसकेपछि पशुपालन पेसाबाट पलायन हुने क्रम बढेको उहाँको भनाइ छ ।

“युवाहरू विदेश पलायन हुँदा पशुपालन पेसा विस्थापित हुने मुख्य चुनौती बनेको छ”, रेग्मीले भन्नुभयो, “पशुपालनमा युवा वर्गको आकर्षण छैन, गोठ र फार्म सञ्चालन गरेका किसान पनि पेसाबाट विस्थापित भएर विदेश पलायन भएका छन् ।”

आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेँडा र ६१ हजार ४२४ वटा बाख्रा रहेका म्याग्दीमा आव २०८०/८१ मा भेँडा १७ हजार ५६५ र बाख्रा ६० हजार ४२३ मा झरेको केन्द्रले जनाएको छ ।

सबैभन्दा बढी गाईगोरु पालक किसान घटेपछि आव २०७९/८० मा १९ हजार ९८९ वटा गाईगोरु, तीन सय ६२ वटा याकनाक रहेकामा आव २०८०/८१ मा १७ हजार ७९ वटा गाईगोरु र तीन सय १५ वटा याकनाक रहेका केन्द्रका सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

घरायसी दूध, घ्यू उपभोगका लागि घरघरमा भैँसीपालन गर्ने चलन कायम रहेकाले भैँसीको सङ्ख्या स्थिर देखिएको छ । पछिल्लो दुई वर्षमा म्याग्दीमा पालिएका भैँसीको सङ्ख्या २५ हजार १४५ रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

अघिल्लो पुस्ताका मानिस वृद्धवृद्धा भएपछि घुम्तीगोठमा बर्खामा लेक र हिउँदमा बेँसी गरेर ठूलो सङ्ख्यामा पशुपालन गर्ने क्रम घटेको हो । धवलागिरि गाउँपालिका–३ मुनाका ८० वर्षीय लिलबहादुर पुनले छोरानातीले चासो नदेखाएपछि चार पुस्ता अघिदेखि घुम्तीगोठमा गर्दै आएको भेँडाबाख्रा पालनबाट विस्थापित हुनुपर्ने अवस्था आएको बताउनुभयो । बजार क्षेत्रमा पशुपालन भन्दा अन्य पेसा, व्यवसाय वा विदेशतर्फ आकर्षण बढ्दा व्यावसायिक पशुपालनमा यसको असर परेको उहँँको भनाइ छ ।

“दुई वर्षअघि बेनी बजारमा अर्थुङ्गे, घतान, सिङ्गा, पात्लेखेतबाट दैनिक ४० जना किसानले मोटरसाइकलमार्फत ढूध ल्याउने गर्दथे । अहिले त्यो सङ्ख्या घटेर २० जनामा झरेको छ”, केन्द्रका सूचना अधिकारी रेग्मीले भन्नुभयो ।

बेनीका व्यावसायिक दूध उत्पादक कृषक सुरेश ढुङ्गानाले पशुपालक कृषकलाई यो पेसामा टिकाउन राज्यले उचित नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । यसो हुन नसके पशुजन्य उत्पादन घट्नुका साथै आयात बढ्ने जोखिम रहेको उहाँले बताउनुभयो । उत्पादनमा आधारित अनुदान, दाना र दूध ढुवानीका लागि सहज सडकको सुविधा र बजारको सुनिश्चितता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव