५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सामुदायिक विद्यालयमा निःशुल्क आवासीय सुविधा

७ जेष्ठ २०८२, मंगलवार १२:२१

काठमाडौँ | बेनी नगरपालिका–५ मा रहेको डिम्ब आधारभूत विद्यालयले निःशुल्क आवासीय सुविधा उपलब्ध गराउन थालेको छ । आर्थिक रूपमा विपन्न, गरिब र घर टाढा भएका विद्यार्थीहरूलाई विद्यालयमै खानेबस्ने सुविधा उपलब्ध गराएको हो । निःशुल्क आवासीय सुविधा भएपछि विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताउनुभयो ।

“एकातर्फ विद्यार्थी सङ्ख्या न्यून भएर विद्यालयको कक्षा घटुवा हुने अर्कोतर्फ विद्यालय उमेर समूहका विद्यार्थीहरू गरिबीका कारण पढ्न नपाउने समस्या देखिएपछि आन्तरिक स्रोत जुटाएर नयाँ शैक्षिकसत्रको सुरूसँगै आवासीय सुविधा दिन थालिएको हो,” उहाँले भन्नुभयो, “यसअघि जम्मा १४ जना विद्यार्थी भएकामा आवासीय सुविधा सञ्चालन गरेपछि विद्यार्थी सङ्ख्या बढेर २८ जना पुगेको छ ।”

भर्ना अभियान जारी रहेकाले अन्त्यसम्म विद्यार्थी सङ्ख्या बढ्ने प्रअ पौडेलले बताउनुभयो । चिप्लेटीका साथै छिमेकी नयाँगाउँ, गान्धे, पैँयुपाटा, डाँडाखेत, थामडाँडा, ज्यामिरेका २५ जना विद्यार्थी छात्रावासमा बस्न थालेका छन् ।

विद्यालय भवनको कक्षाकोठामा फर्निचर गरेर विद्यार्थीहरूलाई सुत्ने व्यवस्था मिलाइएको छ । छात्रावासमा बस्ने विद्यार्थीलाई बिहान–बेलुकीको खाना, पोसाक, झोला, शैक्षिक सामग्री, जुत्ता उपलब्ध गराइएको छ । शिक्षकहरूले दैनिक रूपमा पालो गरेर छात्रावासका विद्यार्थीको हेरचाह र रेखदेख गर्ने जिम्मेवारी लिएका छन् । निजी स्रोतका एकजना शिक्षिकालाई थप सुविधा दिएर खाना पकाउने जिम्मेवारी दिएको प्रअ पौडेलले बताउनुभयो ।

विद्यालयको आन्तरिक कोषबाट छात्रावासको फर्निचर, लत्ताकपडा र खाद्यान्न व्यवस्थापन गरिएको छ । छात्रावासमा बस्ने बालबालिकाहरूमध्ये अधिकांश विपन्न र दलित समुदायका छन् । “पढाइमा राम्रो भएका बालबालिकाहरू पनि अभिभावकको गरिबीका कारण भोकै विद्यालय आउने र दिवा खाजाको भरमा दिन काट्नुपर्ने दयनीय अवस्था भएपछि छात्रावास सञ्चालन गर्ने निष्कर्षमा पुगेका हौँ,” पौडलले भन्नुभयो, “घरको काममा अभिभावकलाई सघाउनुपर्दा गृहकार्य गर्न नपाउने र विद्यालय नै छोड्नुपर्ने अवस्था हटाउन विद्यालयमै राखेर पढाउने व्यवस्था मिलाएका छौँ ।”

चुनौतीपूर्ण भए पनि छात्रावास सञ्चालनका लागि बेनी नगरपालिका, समुदाय र दाताहरूबाट सहयोग पाएमा निरन्तरता दिन सकिने प्रअ पौडेलको भनाइ छ । कक्षा ५ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा पछिल्लो समय विद्यार्थीको सङ्ख्या घट्दै गएपछि बेनी नगरपालिकाले कक्षा घटुवाको तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता