५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निःशुल्क पशु स्वास्थ्य शिविर : एक हजार बढी लाभान्वित

७ जेष्ठ २०८२, मंगलवार १८:०४

काठमाडौँ | म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चारवटा वडामा सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरबाट एक हजार बढी कृषकहरू लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजना म्याग्दीमार्फत रघुगङ्गा गाउँपालिका–३, २, ५ र ६ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

पशु स्वास्थ्य चिकित्सक र प्राविधिकसहितको टोली वडामा नै आएर पशुको स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरेपछि कृषकहरू खुसी भएका छन् । शिविरबाट गाई, भैँसी, बाख्रालगायत कुखुरापालन गरिरहने एक हजार ४०० जना किसानहरूले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनुभयो ।

स्थानीय वडाका वडाअध्यक्षको विशेष उपस्थितिमा सम्पन्न शिविरमा किसानहरूले आगामी दिनहरूमा पनि यस्ता शिविरलाई निरन्तरता दिन आग्रह गरेका थिए । रेडक्रसले मानवीय सेवाका साथै गरिब तथा विपन्न वर्गालाई लक्षित गरेर जीविकोपार्जन र आयआर्जनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा धन्यवाद व्यक्त गर्दै रघुगङ्गा गाउँपालिका–३ का वडाअध्यक्ष खिमबहादुर शाहीले वडाले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने र सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

शिविरमा डा आशिष सापकोटासहित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सुवास रेग्मी एवम् दीक्षा भण्डारीले प्राविधिक सेवा उपलब्ध गराउनुभएको थियो । रेडक्रसको साझेदारीमा भइरहेको सामुदायिक जीविकोपार्जन प्रवर्द्धन परियोजनाअन्तर्गत समुदाय स्तरमा विभिन्न किसिमका तालिमहरू पनि भइरहेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता