११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

वर्षाका कारण दुम्किबासमा वैकल्पिक सडक अवरुद्ध

१५ असार २०८२, आईतवार १४:०३

काठमाडौँ | नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको विकल्पका रुपमा सञ्चालन हुँदै आएको वैकल्पिक सडक बाढीका कारण अवरुद्ध भएको छ ।

आज बिहानदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा साना तथा यात्रुवाहक सवारीसाधनका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताउनुभयो ।

होङ्सी गेट–सर्दी–ज्यामिरे हुँदै जाने वैकल्पिक सडकमा पर्ने खरङ्गे खोलामा आएको बाढीका कारण यातायात पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । ठूला सवारीसाधनलाई दुम्कीबास स्थित विनयी खोलामा निर्माण गरिएको डाइभर्सनबाट वारपार गराइँदै आएको थियो भने साना तथा यात्रुवाहक सवारी साधनलाई वैकल्पिक सडकमा सञ्चालन गरिएको थियो । बाढीका कारण डाइभर्सनसमेत बगाएको र वैकल्पिक बाटोको खोलामा बाढी आएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो ।

खोलामा आएको बाढीका कारण यातायात अवरुद्ध भएसँगै सवारीसाधनलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । दुम्कीबासस्थित विनयी खोलाको पुल भाँचिएपछि राजमार्ग डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको छ । पानी पर्दा डाइभर्सनमा क्षति हुने हुँदा प्रायःजसो राजमार्ग अवरुद्ध हुँदै आएको छ । भाँचिएको ठाउँमा नयाँ पुल निर्माण गरिँदैछ । उक्त पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पुल बनेपछि डाइभर्सनको दुःख अन्त्य हुनेछ । उता दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा पानीपर्नेबित्तिकै सडक चिप्लो भएर यातायात अवरुद्ध हुने समस्या भने कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै