असोज १ पर्वत ।पर्वत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाइएसँगै निर्माण कार्यले ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १ पर्वत ।पर्वत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाइएसँगै निर्माण कार्यले ती"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत लाईन हटेपछि झोलुठ्ठे पुलको निर्माण कार्य तीव्र

२०७३, १ आश्विन शनिबार ०७:२३


असोज १ पर्वत ।पर्वत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाइएसँगै निर्माण कार्यले तीव्रता लिएको छ । विद्युत लाईन विहिवारसम्म पुरै हटाइसकेको विद्युत प्राधिकरण पर्वतका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । यसअघि पुल निर्माणको अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो ।
कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल निर्माण उपभोक्ता समितिले विद्युतका कारण पुलको निर्माण सम्पन्न हुन नसकेको भनी गुनासो गरकोमा यतिखेर भने विद्युत प्राधिकरणको कार्यलाई प्रशंसा गरेको छ । विद्युत लाईन हटाएर पुलका लठ्ठा तान्न सुरु गरेपछि समितिका अध्यक्ष बालकृष्ण तिवारी सहित पर्वत क्षेत्र नं.२ का सर्वसाधारण समेत खुशी भएका छन् । खुशी हुँदै अध्यक्ष तिवारीले भने,‘विद्युत प्राधिकरणका प्रमुख विजयराज रेग्मी आफै खटिएर केही दिन भित्रमै विद्युत लाईन हटाउने कार्य भयो । यो अत्यन्तै खुशीको कुरा हो । प्राधिकरण सक्रिय भई नलागेको भए दशैभित्रमा पुल सम्पन्न गर्ने कार्य कठिन हुने थियो । अव चाहि निर्माणको काम छिटै सकिने भएको छ ।’
 पुलको लठ्ठा तान्न अवरोध बनेको विद्युत लाईन हटाइएपछि लठ्ठा तान्ने कार्य शुरु भएको छ । पुलका लागि लठ्ठा १४ तान्नुपर्छ भने हावा लठ्ठा दुई वटा तानिने छ । पर्वतकै दक्षिणी भेग र कार्कीनेटा क्षेत्रतिर निर्माणाधिन पुल मुन्तिरबाट ३३ केभी क्षमताको विद्युत लाईन प्रसारण रहेको थियो । समितिका अध्यक्ष तिवारीले भन्छन्(‘विद्युत लाईन हटेपछि अव पुलको निर्माणलाई तीव्रता दिइने छ र दशैमा टाढा टाढाबाट आउने दाजुभाईहरुलाई सजिलै आफ्नो घरगाउँसम्म पुग्न सजिलो हुने विश्वास लिएको छु ।’
वडागाउँ(मुडिकुवा झोलुङगे पुलले सदरमुकाम कुश्मासँग पर्वतका दक्षिणी २२ वटा गाविस र बाग्लुङका १० गाविसका वासिन्दाहरुलाई प्रत्यक्ष जोड्ने साथै आवतजावतमा सहज बनाउनेछ । कुल लागत २ करोड ५८ लाख रहेको झोलुङ्गे पुलको लम्वाई ३५९ मी र उचाई १५५ मी रहने ठेकेदार ओम गौचन बताउँछन् । यो पुलको निर्माण मुक्तिनाथ एण्ड गीता कन्टूक्सनले गर्दैछ । ठेकदारका अनुसार पुलको निर्माण कार्य डिप निर्माण, हावा लठ्ठाको काम लगायत सकिएको अवस्था छ भने निर्माणका आवश्यक सामाग्री जाली, नट, बल्टु लगायत ल्याई सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने