असोज १ पर्वत ।पर्वत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाइएसँगै निर्माण कार्यले ती"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
असोज १ पर्वत ।पर्वत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाइएसँगै निर्माण कार्यले ती"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत लाईन हटेपछि झोलुठ्ठे पुलको निर्माण कार्य तीव्र

१ आश्विन २०७३, शनिबार ०७:२३


असोज १ पर्वत ।पर्वत । जिल्लाकै सवैभन्दा लामो निर्माणाधिन कुश्मा र मुडिकुवा जोड्ने झोलुङगे पुल निर्माणको अवरोध बनेको विद्युत लाईन हटाइएसँगै निर्माण कार्यले तीव्रता लिएको छ । विद्युत लाईन विहिवारसम्म पुरै हटाइसकेको विद्युत प्राधिकरण पर्वतका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । यसअघि पुल निर्माणको अन्तिम चरणमा पुगेर विद्युत लाईनका कारण रोकिएको थियो ।
कुश्मावडागाउँ(मुडिकुवा झोलुङगे पुल निर्माण उपभोक्ता समितिले विद्युतका कारण पुलको निर्माण सम्पन्न हुन नसकेको भनी गुनासो गरकोमा यतिखेर भने विद्युत प्राधिकरणको कार्यलाई प्रशंसा गरेको छ । विद्युत लाईन हटाएर पुलका लठ्ठा तान्न सुरु गरेपछि समितिका अध्यक्ष बालकृष्ण तिवारी सहित पर्वत क्षेत्र नं.२ का सर्वसाधारण समेत खुशी भएका छन् । खुशी हुँदै अध्यक्ष तिवारीले भने,‘विद्युत प्राधिकरणका प्रमुख विजयराज रेग्मी आफै खटिएर केही दिन भित्रमै विद्युत लाईन हटाउने कार्य भयो । यो अत्यन्तै खुशीको कुरा हो । प्राधिकरण सक्रिय भई नलागेको भए दशैभित्रमा पुल सम्पन्न गर्ने कार्य कठिन हुने थियो । अव चाहि निर्माणको काम छिटै सकिने भएको छ ।’
 पुलको लठ्ठा तान्न अवरोध बनेको विद्युत लाईन हटाइएपछि लठ्ठा तान्ने कार्य शुरु भएको छ । पुलका लागि लठ्ठा १४ तान्नुपर्छ भने हावा लठ्ठा दुई वटा तानिने छ । पर्वतकै दक्षिणी भेग र कार्कीनेटा क्षेत्रतिर निर्माणाधिन पुल मुन्तिरबाट ३३ केभी क्षमताको विद्युत लाईन प्रसारण रहेको थियो । समितिका अध्यक्ष तिवारीले भन्छन्(‘विद्युत लाईन हटेपछि अव पुलको निर्माणलाई तीव्रता दिइने छ र दशैमा टाढा टाढाबाट आउने दाजुभाईहरुलाई सजिलै आफ्नो घरगाउँसम्म पुग्न सजिलो हुने विश्वास लिएको छु ।’
वडागाउँ(मुडिकुवा झोलुङगे पुलले सदरमुकाम कुश्मासँग पर्वतका दक्षिणी २२ वटा गाविस र बाग्लुङका १० गाविसका वासिन्दाहरुलाई प्रत्यक्ष जोड्ने साथै आवतजावतमा सहज बनाउनेछ । कुल लागत २ करोड ५८ लाख रहेको झोलुङ्गे पुलको लम्वाई ३५९ मी र उचाई १५५ मी रहने ठेकेदार ओम गौचन बताउँछन् । यो पुलको निर्माण मुक्तिनाथ एण्ड गीता कन्टूक्सनले गर्दैछ । ठेकदारका अनुसार पुलको निर्माण कार्य डिप निर्माण, हावा लठ्ठाको काम लगायत सकिएको अवस्था छ भने निर्माणका आवश्यक सामाग्री जाली, नट, बल्टु लगायत ल्याई सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो