२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा

१९ बैशाख २०८२, शुक्रबार १४:११

काठमाडौँ | गल्याङ नगरपालिका–१ उत्तरवाहिनीमा कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान, गल्याङ नगरपालिकाको सहयोग तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सो अस्पताल सञ्चालनमा आएको हो ।

नगरपालिकाले सञ्चालन कार्यविधि बनाएर अस्पतालको स्वामित्व, दायित्व र यसको निरन्तरताका विषयमा निर्णय लिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो ।

“अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन लागिपरेका छौँ,” उहाँले भन्नुभयो, “प्राकृतिक उपचार विधिसँगै उत्तरवाहिनीको धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्य छ ।”

अस्पताल हाल दश शय्यामा सञ्चालन भएको छ । आगामी दिनमा शय्या थपी अस्पतालको सेवा विस्तार गरिने उहाँले बताउनुभयो । अस्पताल भर्ना भएकाहरुका लागि आवासीय तथा भोजनको व्यवस्थापन अस्पतालमै मिलाइने भएको छ । अस्पतालमा हाल चार स्वास्थ्यकर्मी कार्यरत छन् ।

अस्पताल सञ्चालनमा आएसँगै स्याङ्जासहित पाल्पाको पूर्वी भेग, पूर्वी नवलपुर, गुल्मीलगायतका जिल्लाका नागरिकले सेवा लिन सहज हुने बताइएको छ । अस्पताल निर्माण गर्न रु दुई करोड ७८ लाख विनियोजन भएकामा रु दुई करोड १२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव