३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको उपचारका क्रममा निधन

३ बैशाख २०८२, बुधबार ११:१८

काठमाडौँ | तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको निधन भएको छ।श्रेष्ठको मङ्गलबार साँझ ९३ वर्षको उमेरमा निधन भएको हो। श्रेष्ठ लामो समयदेखि बिरामी थिए। श्रेष्ठ २००७ सालको प्रजातन्त्र स्थापनको आन्दोलन, २०४६ सालको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन गरी तीन वटै आन्दोलनमा सहभागी भएका थिए।

श्रेष्ठ व्यास नगरपालिकाको पूर्व वडा अध्यक्षसमेत रहका थिए। स्व श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ। स्वर्गीय श्रेष्ठको निधनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली लगायतले शोक विज्ञप्तिमा दुःख व्यक्त गर्दै स्वर्गीय श्रेष्ठको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताएका छन्।

स्वर्गीय श्रेष्ठले प्रजातन्त्र प्राप्ति र नेपाली काँग्रेस पार्टीका लागि पुर्‍याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’