३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

शिक्षक आन्दोलनबाट घर फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु

८ बैशाख २०८२, सोमबार १३:२९

काठमाडौँ | काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनमा सहभागी भएर काठमाडौँदेखि मनाङ फर्किरहेका प्रधानाध्यापकको दुर्घटनामा परेर मृत्यु भएको छ । काठमाडौँमा भएको शिक्षक कर्मचारी आन्दोलन सकेर फर्कने क्रममा तनहुँको भानु नगरपालिका–१ नेपालटारमा स्कुटर र माइक्रो बस एक आपसमा ठोक्किँदा प्रधानाध्यापक मन घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिए । घले जनविकास आधारभूत विद्यालय, नासोङका प्रधानाध्यापक थिए ।

डुम्रे–बेँसीसहर खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर १० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किएको हो ।
स्कुटरमा रहेकी लमजुङको बेँसीसहर बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो । माइक्रोबसमा रहेका मनाङको नासोङ गाउँपालिका–८ का ४० वर्षीय प्रधानाध्यापक घलेको उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दर बजारमा मृत्यु भएको हो । काठमाडौँबाट बेसीशहरतर्फ गुडिरहेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रेतर्फ गुडिरहेको ग २६ प ४०५८ नम्बरको स्कुटर ठोक्किएका थिए ।

दुर्घटनामा माइक्रोमा सवार बेसीशहर नगरपालिका बस्ने १४ वर्षीया पूजा गुरुङ, ओखलढुङ्गा बस्ने ५५ वर्षीय प्रेमबहादुर सुनार, लमजुङको दूधपोखरी गाउँपालिका–५ बस्ने २४ वर्षीया युनिशा गुरुङ, बेसीसहर नगरपालिका–५ बस्ने ६७ वर्षीया राजकुमारी गुरुङ, बेसीसहर नगरपालिका–३ बस्ने ५४ वर्षीय लिलाप्रसाद बसौला, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अलिश शाही, सोलुखुम्बु बस्ने ३२ वर्षीय कुमार राई, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ, ओखलढुङ्गा बस्ने ३५ वर्षीय अधिस राई, गोरखा बस्ने ५१ वर्षीय धनबहादुर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड