२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता

१२ बैशाख २०८२, शुक्रबार १४:०६

काठमाडौँ | जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता भएको छ । नगर क्षेत्रबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रिन रोड कम्पनीबीच सम्झौता भएको नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

सम्झौतामा फोहोरमैला प्रशोधनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउने, फोहोर सङ्कलन गरी प्रशोधन केन्द्रसम्म नगरपालिकाले पु¥याउने र केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधन ग्रिन रोड कम्पनीले गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख पण्डितले भन्नुभयो, “नगरपालिकामा दिगो फोहोर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।” बिहीबार सम्पन्न त्रिपक्षीय सम्झौतामा नगरपालिकाका तर्फबाट प्रमुख पण्डितसहित उपप्रमुख खुमबहादुर विक र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरेका छन् । त्यसैगरी सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम