२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

‘जिपी कोइराला उपचार केन्द्रलाई विशिष्टिकृत अस्पताल बनाउँछौँ’

१८ बैशाख २०८२, बिहीबार १७:४४

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई श्वासप्रश्वासको विशिष्टिकृत अस्पताल बनाउन लागिएको बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्थापना गरिएको जिपी लायन्स डायलासिस केन्द्रको आज उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले यो अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन सकिए नेपाल बाहिरबाट पनि उपचारका लागि मानिसहरु आउने बताउनुभयो ।

विशिष्टिकृत उपचार गर्ने अस्पतालमा नेपालमा यो बाहेक अर्को नभएको उल्लेख गर्दै मन्त्री पौडेलले यस अस्पताललाई त्यस ढङ्गबाट विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री पौडेलले डायलासिस उपचार सेवा वापत अस्पतालले सरकारबाट रु दुई हजार पाँच सय अनुदान प्राप्त गर्ने बताउनुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा लायन्स क्लवले ठूलो सहयोग गरेको भन्दै सामाजिक उत्तरदायित्वमा क्लवको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । अस्पताललाई ३०० शय्या क्षमताको अस्पताल विस्तार गर्न लागिएको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले दमौली अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको समेत जानकारी दिनुभयो । यसका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उहाँले बताउनुभयो ।

त्यस अवसरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले डायलासिस केन्द्र सञ्चालनमा आएपछि मिर्गौला रोगीले सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

डायलासिस केन्द्र स्थापनाका लागि लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालले सहयोग गरेको नेपालका क्याविनेट सचिव सुजित हिराचनल जानकारी दिनुभयो । त्यस्तै केन्द्र सञ्चालनका लागि शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

यस भेगमा डायलासिस केन्द्र नभएकाले मिर्गौलाका बिरामीलाई उपचार लिन दमौली वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । केन्द्रमा सेवा लिनका लागि ३० जना बिरामीले नाम दर्ता गराइसकेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रिय स्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा दिइरहेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी, ल्याव, भिडियो एक्सरे, सामान्य शल्यक्रियालगायतका सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव