३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

महिला स्वयंसेविकाको सेवालाई कदर हुने बजेट ल्याउन माग

४ बैशाख २०८२, बिहीबार १७:२८

काठमाडौँ | कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को सेवालाई कदर हुने गरी बजेट ल्याउने बताउनुभएको छ । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा)मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीहरुको माग तथा सुझावपत्र आज सुर्खेत वीरेन्द्रनगरमा ग्रहण गर्दै उहाँले स्वयंसेवीहरुको सेवालाई सम्मान हुने बजेट ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । नागरिकको स्वास्थ्य उपचार तथा प्रवद्र्धनमा स्वयंसेवीहरुको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले स्वयंसेवी महिलाहरुलाई राज्यका निकायबाट कदर हुन नसकेका बारेमा आफू जानकार जनाउनुभयो ।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराउँदै उहाँले भन्नुभयो, “कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ । कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ ।”

नेभाका तर्फबाट दिइएका सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज मन्त्री भण्डारीको भनाइ थियो । स्वयंसेवीहरुले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत रु २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदनबापत रु सात हजार उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव मन्त्रीसमक्ष पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’