२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

हुम्ला हिमपहिरो : एक हप्तापछि तिलगाउँमा के के राहत सामग्रीहरु पुग्यो ?

२०८२, ९ जेष्ठ बिहीबार १२:००

काठमाडौँ । यही जेठ १ गते राति हिमपहिरो गएपछि जोखिममा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बुधबार राहत सामग्रीहरु पुगेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले मोटरबाटोसम्म गाडीमा र त्यसपछि घोडा, खच्चरबाट बोकाएर राहत सामग्री तिलगाउँ पुर्‍याइएको बताए । उनले औषधिदेखि खाद्यान्नको सामग्रीसम्म पठाइएको बताए । उनका अनुसार १० क्वीन्टल चामल, १ सय लिटर खानेतेल, २ क्वीन्टल नुन, २ क्वीन्टल चिनी, ३० क्वीन्टल मैदा पठाइएको बताए । त्यसैगरी चिउरा १ क्वीन्टल, भुजा १ क्वीन्टल, चियापत्ती १० प्याकेट, साबुन १० प्याकेट र आवश्ककता अनुसार औषधी पनि पठाइएको उनले बताए । कम्बल १८ थान, त्रिपाल १८, र म्याट्रेस १८ थान पनि पठाइएको उनको भनाइ छ ।

त्यसैगरी आलु र सागसब्जी लगाउने समय भएकाले त्यसका बीउहरु पनि पठाइएको प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन् । हिमपहिरोले खानेपानीको पाइम बगाएकाले खानेपानी मर्मत गर्न १० बोरा सिमेन्ट र १ हजार ८ सय मिटर पाइप पनि पठाइएको उनले बताए । ‘राहतका सामाग्रीहरु पुगिसकेका छन् । अब अध्ययन टोलीले हिमतालको अध्ययन गर्नेछ’, उनले भने ।

तिलगाउँमा रहेका ५० घरधुरी मध्ये अहिले १८ घरधुरीका ३२ जना तिलगाउँमा बसेका छन् । हिमपहिरोका कारण उनीहरुको घर जोखिममा परेकाले अहिले नजिकैको स्कुल र पालमा बस्न थालेका छन् । तर, पाण्डेले भने दिउँसो उनीहरु आफ्नै घरमा हुने र राति मात्रै जोखिम हुनसक्ने भन्दै पाल र स्कुलमा बस्ने गरेको बताए । घरमाहरुमा क्षति नभए पनि जोखिम रहेको छ । जसकारण उनीहरुले यसअघि प्रयोग गर्दै आएका सम्पूर्ण सामानहरु तथा ओड्ने ओच्छ्याउने, लत्ताकपडा प्रयोग गरिरहेको पनि उनको भनाइ छ ।

तिल गाउँको अध्ययनको लागि विज्ञसहितको टोली पनि हुम्ला पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध