२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

हुम्ला हिमपहिरो : एक हप्तापछि तिलगाउँमा के के राहत सामग्रीहरु पुग्यो ?

९ जेष्ठ २०८२, बिहीबार १२:००

काठमाडौँ । यही जेठ १ गते राति हिमपहिरो गएपछि जोखिममा परेको हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा बुधबार राहत सामग्रीहरु पुगेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले मोटरबाटोसम्म गाडीमा र त्यसपछि घोडा, खच्चरबाट बोकाएर राहत सामग्री तिलगाउँ पुर्‍याइएको बताए । उनले औषधिदेखि खाद्यान्नको सामग्रीसम्म पठाइएको बताए । उनका अनुसार १० क्वीन्टल चामल, १ सय लिटर खानेतेल, २ क्वीन्टल नुन, २ क्वीन्टल चिनी, ३० क्वीन्टल मैदा पठाइएको बताए । त्यसैगरी चिउरा १ क्वीन्टल, भुजा १ क्वीन्टल, चियापत्ती १० प्याकेट, साबुन १० प्याकेट र आवश्ककता अनुसार औषधी पनि पठाइएको उनले बताए । कम्बल १८ थान, त्रिपाल १८, र म्याट्रेस १८ थान पनि पठाइएको उनको भनाइ छ ।

त्यसैगरी आलु र सागसब्जी लगाउने समय भएकाले त्यसका बीउहरु पनि पठाइएको प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन् । हिमपहिरोले खानेपानीको पाइम बगाएकाले खानेपानी मर्मत गर्न १० बोरा सिमेन्ट र १ हजार ८ सय मिटर पाइप पनि पठाइएको उनले बताए । ‘राहतका सामाग्रीहरु पुगिसकेका छन् । अब अध्ययन टोलीले हिमतालको अध्ययन गर्नेछ’, उनले भने ।

तिलगाउँमा रहेका ५० घरधुरी मध्ये अहिले १८ घरधुरीका ३२ जना तिलगाउँमा बसेका छन् । हिमपहिरोका कारण उनीहरुको घर जोखिममा परेकाले अहिले नजिकैको स्कुल र पालमा बस्न थालेका छन् । तर, पाण्डेले भने दिउँसो उनीहरु आफ्नै घरमा हुने र राति मात्रै जोखिम हुनसक्ने भन्दै पाल र स्कुलमा बस्ने गरेको बताए । घरमाहरुमा क्षति नभए पनि जोखिम रहेको छ । जसकारण उनीहरुले यसअघि प्रयोग गर्दै आएका सम्पूर्ण सामानहरु तथा ओड्ने ओच्छ्याउने, लत्ताकपडा प्रयोग गरिरहेको पनि उनको भनाइ छ ।

तिल गाउँको अध्ययनको लागि विज्ञसहितको टोली पनि हुम्ला पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव