१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव

१६ बैशाख २०८२, मंगलवार १२:४३

काठमाडौँ | सदरमुकाम खलङ्गामा निजी क्षेत्रको पहलमा १० दिने प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबारदेखि सञ्चालित महोत्सवले स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाका अनुसार महोत्सवबामट कर्णालीको कृषि, पर्यटन र सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्न तथा औद्योगिक विकासमा सकारात्मक सन्देश प्रवाह गर्न विश्वास गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आवश्यक भएको उहाँ बताउनुहुन्छ ।

महोत्सव अवधिभर कर्णालीका स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ । महोत्सवमा २२ कक्ष राखिएका छन् । सबै कक्ष ‘बुकिङ’ भइसकेका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । ती कक्षमा रैथाने बाली, स्थानीय परिकार र हस्तकलाका सामग्री बिक्रीका लागि राखिनेछन् । “स्थानीय स्वाद र संस्कृतिलाई प्राथमिकता दिएका छौँ । यहाँ आउने अवलोकनकर्ताले जुम्लाको रैथाने परिकार र संस्कारको अनुभव लिन सक्ने छन्”, उहाँले भन्नुभयो ।

महोत्सवको मुख्य उद्देश्य जुम्ला र समग्र कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि लगानीका अवसर पहिचान गर्नु र स्थानीय, राष्ट्रिय, तथा अन्तरराष्ट्रिय लगानी आकर्षित गर्नु रहेको छ । महोत्सव यही वैशाख २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का